५ आश्विन २०८३, सोमबार

आयशा गर्ल्स कालेजमा प्रदेशिक कार्यलयका उपप्रबंधक पाण्डे सम्मानित

एसीपी संवाददाता

१२ चैत्र २०७७, बिहीबार ०५:३६ मा प्रकाशित

लामो समय देखि नेपालमा मुस्लिम समुदायले बसोबास गरेको लामो इतिहास , रहेको छ । मुस्लिम समुदायले आफ्नो धर्म, संस्कृति, भाषा र पहिचान जोगाउन लाई शुरु देखि नै गाउं गाउं चन्दा र दान गरेको पैसा बाट मदरसा संचालन गरि बच्चा हरु लाई उर्दु,अरबी,नेपाली अंग्रेजी गणित लगायत का बिषयहरु मा शिक्षा दिदै आएका र अहिलेको अवस्थामा नेपालका मदरसाहरुमा मास्टर डिग्री सम्माको शिक्षा दिने क्षमता भएका मदरसाहरु मध्ये एउटा कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नं ३मा रहेका आयशा गर्ल्स कालेज पनि रहेको छ। आयशा गर्ल्स कालेजका विद्यार्थीहरु लाई धार्मिक सांस्कृतिक शिक्षाको साथ साथै आधुनिक शिक्षा पनि दिई रहेका कुरा कालेजका व्यवस्थापन समितीले बताएको छ।

उक्त कालेज (मदरसा ) को अवलोकन गर्नाको लागि नेपाल विद्युत प्राधिकरण बुटवल प्रदेशिक कार्यलयका उप प्रबन्धक भरतमणि पाण्डे नेपाल विद्युत प्राधिकरण तथा वितरण केन्द्र कृष्णनगरका प्रमुख कमर आलम लगायतका टोली आज पुगेका थियो।

लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपाली राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफी उक्त कालेज (मदरसा) का व्यवस्थापन समिती तथा प्र.अ.शिक्षकहरुले टोलीको स्वागत गरि कालेजको भौतिक संरचना तथा विद्यार्थिहरु लाई दिई रहेका धार्मिक सांस्कृतिक तथा आधुनिक शिक्षा बारे जानकारी गराउदै अवलोकन समेत गराएका थिए मदरसा शिक्षा बारे बुझना आएका टोलीका उपप्रबंधक भरतमणि पाण्डे, वितरण केन्द्र कृष्णनगरका प्रमुख कमर आलम खां तथा टोली का सदस्यहरु लाई उक्त कालेज (मदरसा) का व्योस्थापन समिती ले दोसल्ला ओढ़ाई सम्मानित समेत गरेका थिए।

प्रदेशिक कार्यलय बुटवल बाट आएको टोली प्रमुखले मुख्यमंत्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सहयोगमा आयशा गर्ल्स कालेजमा अध्ययनरत कक्षा ५का छात्राहरु लाई शैक्षिक समाग्री वितरण गरिएका र छात्राहरु शैक्षिक सामग्री पाएपछि खुशी भएका कुरा कालेजका (मदरसा )व्योस्थापन समितीले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x