१४ कार्तिक २०८३, शुक्रबार

उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठन गर्ने तयारीमा प्रधानमन्त्री, प्रचण्ड सहितका नेता पहिलो लिस्टमा पर्छन कि ?

एसीपी संवाददाता

४ माघ २०७७, आईतवार ०३:३७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठन गर्ने तयारी गरेका छन् । सम्पूर्ण नेताहरुको छानविन गर्न ओलीले चाँडै छानविन आयोग बनाउने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।

आयोगले खासगरी प्रचण्ड र माधव नेपाल, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, वामदेव गौतम, रामचन्द्र पौडेल लगायत नेताहरुको सम्पत्तिको स्रोत खोज्नेछ । माधव नेपाल आफै पनि बालुवाटार जग्गा प्रकणमा मुछिएका नेता हुन् ।

आयोगले ओली समूहकै नेताको पनि सम्पत्ति छानविन गर्ने प्रमको सचिवालयका सदस्य दावी गर्छन् । आयोगको खाका समेत गृहकार्यमा रहेको सचिवालय स्रोतले दावी गर्यो।

आयोगले देशको उच्च तहमा पुगेका सबै राजनीतिक, प्रशासनिक र प्राविधिकहरुको सम्पत्तिको छानबिन गर्ने पनि बताइएको छ ।

आयोगबाट सिफारिस भई अख्तियारले अकुत सम्पत्ति कमाउने भ्रष्ट नेतालाई कारवाही गर्नेछ । प्रधानमन्त्री ‌ओलीले आयोग गठनको तयारी गरेको सूचना पेरिसडाँडा पुगिसकेको छ ।

आफूहरुमाथि प्रतिशोध साधिए कडा प्रतिकार गर्ने रणनीतिमा जानुपर्ने सोच पेरिसडाँडाको रहेको जानकार स्रोत बताउँछ । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x