एमसीसीको सडक बाट बिरोध गराउने नेपाल र प्रचण्डलाई कमल थापले देखाए हैसियत
काठमाडौं – सरकारमा पनि बस्ने अनि कार्यकर्तालाई सडकमा ओरालेर आगो लगाउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो हैसियत देखाइदिएका छन् ।
अमेरिकी सहयोग परियोजना एमसिसीको विरोध गर्दै प्रचण्ड र माधवले सडकमा कार्यकर्ता ओरालेर प्रधानमन्त्री र अमेरिकाको विरोध गरेपछि थापाले यस्तो गाईजात्रा बन्द गर्न सल्लाह दिएका छन् ।
उनले स्वतन्त्र ढंगले एमसिसीको विरोध गर्न सरकार छाड्न चुनौती पनि दिएका छन् । उनले दुवै नेतालाई दोहोरो चरित्र बन्द गर्न पनि भनेका छन् ।
शुक्रबार ट्वीटरमा प्रचण्ड र माधव नेपाललाई मेन्सन गर्दै उनले लेखेका छन्, ‘सडकमा ढुंगामुढा र टायर बाल्ने अनि सत्ताको मोह पनि नछोड्ने दोहोरो चरित्र बन्द गर्नुहोस् । सरकारमा बस्ने अनि सरकारकै विरोधमा सडकमा प्रदर्शन गर्ने ‘गाईजात्रा’ ले संविधान र व्यवस्थाकै खिल्ली उडाएको छ ।’


