२० कार्तिक २०८३, बिहीबार

एसएसबी)ले सप्तरीको खडग खोलाको पुल निर्माण कार्य नराेक्ने प्रतिबद्धता

एसीपी संवाददाता

२५ पुष २०७७, शनिबार १७:४८ मा प्रकाशित

राजविराज । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सप्तरीको खडग खोलाको पुल निर्माणकाे कार्य नराेक्ने प्रष्ट पारेको छ। नाम नबताउने शर्तमा एसएसबीका एक उच्च पदस्त अधिकारीले सो पुल निर्माणमा कुनै पनि अबरोध गर्ने आफुहरूको मनसाय नरहेको बताए।

हुलाकी राजमार्ग अन्तरगत रहेको कठौना–पातो–कटैया सडक खण्ड अन्तरगत डाकनेश्वरी नगरपालिका ६ कटैयामा निर्माण हुन लागेकाे उक्त पुल नेपाल भित्रै पर्ने स्वीकार गर्दै आफुहरूले पुलको निर्माण कार्य रोक्ने नखोजेको उनले प्रष्ट पारे। यद्यपि सो क्षेत्रमा सीमान्कनको कार्य जारी रहेकोले सिमान्कनको काम टुङ्गिएपछी मात्र पुल निर्माण कार्य अघि बढाउन आफुहरूले नेपाली पक्षलाई आग्रह गरेको उनले बताए।

एसएसबी स्राेतले भन्याे,’ अहिले दुवै देशका अधिकारीहरू संलग्न भइ सीमामा सिमांकनकाे काम भैरहेकाेले तत्काल पुल निर्माण नगर्दा राम्रो हुन्छ, सिमांकनकाे काम सकिएपछि पुल निर्माणमा हाम्राे तर्फबाट कुनै आपत्ति हुनेछैन।’

सो पुल दशगजाबाट झन्डै ५० मिटर भित्र नेपाल तिर नै पर्छ । यद्यपि अन्तराष्ट्रिय मान्यता अनुसार सीमामा सिमांकनकाे काम चलिरहेकाे बेला दशगाजा क्षेत्रबाट झन्डै ५ सय मिटर वरिपरी कुनै भाैतिक संरचना निर्माण गर्न मिल्दैन। मिथिलारत्न

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x