१४ मंसिर २०८३, आईतवार

काङ्ग्रेसले सर्लाहीमा पुर्ण बहुमत ल्याउदै

एसीपी संवाददाता

२५ बैशाख २०७९, आईतवार ०२:०० मा प्रकाशित

सर्लाही । नेपाली कांग्रेस सर्लाहीमा नेतृत्व परिवर्तनको परिणाम देखिएको छ । यहाँ सांसद अमरेशकुमार सिंहको चरम गुटबन्दीले झण्डै सकिने अवस्थामा पुगेको कांग्रेसमा अहिले जागरण आएको छ ।

जिल्ला सभापतिमा सुरेन्द्र प्रसाद सिंहको टिम र प्रदेश उपसभापतिसमेत रहेका यसैजिल्ला प्रदेश सांसद वीरेन्द्र सिंहको सहकार्यमा कांग्रेस नयाँ उचाइँमा पुगेको हो । चुनाव नजिकिँदै गर्दा सही नेतृत्वका कारण सर्लाही कांग्रेसमा दिनहुँ प्रवेशको लहर चलेको थियो ।

केन्द्रीय नेतादेखि मेयर, वडाध्यक्ष र सामान्य कार्यकर्तासम्म कांग्रेसको नयाँ नेतृत्वसँग प्रभावित भएर प्रवेश गरेका थिए । त्यहीँ प्रवेशको लहर र नेतृत्वको दुरदर्शीताले सर्लाही जिल्लामा कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा दुई तिहाइ मत ल्याउने रिपोर्ट बाहिरिएको छ ।

‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने’ नीतिका साथ जिल्ला सभापति सिंहले टिकट वितरणमासमेत देखाएको दुरदर्शिताकै सर्लाहीको २० मध्ये १२ पालिकामा कांग्रेसको जित सुनिश्चित रहेको एक सर्वेक्षण देखाएको हो । ५ वटा पालिकामा एकदमै कडा प्रतिस्पर्धा र ३ वटामामात्रै अलि समान्य देखिएको सर्वेक्षणको रिपोर्टले बताएको छ ।

पोलिटिकल एनालाइसिस एण्ड रिसर्च सेन्टर नामक संस्थाको उक्त रिपोर्ट अनुसार गएको अधिवेशनमा सभापति सिंहको टिम विजयी भइसकेपछी सर्लाही कांग्रेसका आम नेता कार्यकर्ताका साथै जनता माझ पार्टी लोकप्रिय भएको र पार्टीप्रति जनताको विश्वास बढेको बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x