कृषि क्षेत्रमा बिदेशी लगानी भित्राउदा साना उद्योगी र किसानहरुलाई समस्या नहुने
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषि क्षेत्रमा बिदेशी लगानी भित्राउदा साना उद्योगी र किसानहरुलाई समस्या नहुने स्पष्ट पारेको छ । र
सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले कृषि क्षेत्रमा भित्राउन लागिएको विदेशी लगानीले नेपालको उद्योगीहरुलाई विस्थापित नगर्ने समेत बताउनुभयो । उहाले कृषिमा विदेशी लगानी साना तथा मझौला उद्योगमा नभई ठुला उद्योगमा भित्रयाउन लागिएको जानकारी दिनुभयो । ५० करोड भन्दा बढी लगानी गर्ने गरि विदेशी लगानी भित्राउने उहाको भनाइृ छ । उहाले आफैँले उत्पादन गरेर ७५ प्रतिशत बढी निकासी गर्ने र २५ प्रतिशत स्थानीय बजारमा नै खपत गराउनुपर्ने प्रावधान पनि रहेको बताउनुभयो । उहाले कृषि क्षेत्रलाई अधिकतम सहुलियत दिन मन्त्रालयले हरसम्भव प्रयास गरिरहेको उल्लेख गर्नुभयो ।
त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. पेम नारायण कँडेलले कृषि र पशुपन्छीको क्षेत्रको बिकासका लागि आवश्यक नीति कानून बनाएर किसानहरुको लगानी सुनिश्चित गर्ने प्रयास गरिएको जानकारी दिनुभयो । उहाले कृषिलाई आधुनिकिरण गरेर कृषिजन्य वस्तुलाई निकासीका लागी प्रोत्साहन गरिने बताउनुभयो ।
बैठकमा समिति सदस्यहरुले वैदेशिक लगानी भित्राउदा नेपालको लगानीलाई पनि सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए । उनीहरुले अहिलेको अवस्थामा देखिएको चूनौतीलाई मध्यनजर गर्दै कृषि क्षेत्रको बैदेशि लगानीका बारेमा निर्णय लिनुपर्ने बताएका थिए ।
राधेश्याम अधिकारी, राष्ट्रियसभा सदस्य
कार्यक्रममा बिभिन्न क्षेत्रका प्रतिनिधीहरुले कृषि क्षेत्रमा आवश्यक नीति नियम बनाउदा सम्बन्धीत निकायको राय लिनुपर्ने धारणा राखेका थिए । त्यस्तै उनीहरुले नेपाली किसान र उद्योगीहरुलाई असर नपर्ने गरि यस क्षेत्रमा लगानी भित्राउनुपर्ने सुझाव दिए ।


