खुला अन्तरक्रिया तथा भेटघाट कार्यक्रम पुर्ब मन्त्री इस्तियाक राई
बाँके क्षेत्र नं. २ बाट जनताको अमूल्य मतले निर्वाचित प्रतिनिधि मोहम्मद इस्तियाक राई समक्ष उपस्थित युवाहरू तथा स्थानीयवासीहरूले खुला रूपमा आफ्ना प्रश्न, सुझाव, गुनासा र अपेक्षाहरू राख्नुभयो। जनप्रतिनिधि र जनताबीचको यस्तो प्रत्यक्ष संवादले लोकतन्त्रलाई अझ बलियो बनाउने विश्वास हामीले लिएका छौँ।
राजनीति भनेको चुनावको समयमा मात्र जनताको ढोका ढकढक्याउने माध्यम होइन, जनताको हरेक सुख-दुःखमा सँगै उभिने, सुन्ने र समाधान खोज्ने निरन्तर यात्रा हो। यही उद्देश्यका साथ यस्ता खुला अन्तरक्रिया र भेटघाटका कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन हुँदै जानेछन्।
साथै, कार्यक्रम अचानक तय भएकाले धेरै साथीहरूको फोन उठाउन नसकिएको र सन्देशहरूको जवाफ दिन नभ्याइएकोमा हार्दिक क्षमायाचना गर्दछौँ। छोटो समयको सूचनाका बाबजुद पनि उपस्थित भई कार्यक्रमलाई सफल बनाउनुभएका सम्पूर्ण दाजुभाइलाई हार्दिक आभार व्यक्त गर्दछौँ।
यस पटक उपस्थित हुन नपाउनुभएका साथीहरूलाई आगामी कार्यक्रममा अवश्य समेट्ने प्रयास गरिनेछ। साथै, तपाईंहरू आफैं पनि जुनसुकै समयमा आएर मोहम्मद इस्तियाक राईज्यूसँग भेटघाट गर्न, आफ्ना विचार, सुझाव र समस्याहरू प्रत्यक्ष रूपमा राख्न सक्नुहुन्छ।
जनताको विश्वास, जनतासँगको संवाद र जनसेवाप्रतिको प्रतिबद्धता नै हाम्रो राजनीतिक यात्राको सबैभन्दा ठूलो शक्ति हो।


