१३ मंसिर २०८३, शनिबार

गाईको धार्मिक, सांस्कृतिक, सामाजिक तथा बैज्ञानिक महत्व ” निर्देशक जनक खड्का”

एसीपी संवाददाता

१६ कार्तिक २०८०, बिहीबार ०९:२३ मा प्रकाशित

(जनक खड्का)

गाई संसारको सबैभन्दा महत्त्वपूर्ण पशु मध्ये एक हो। अझ हिन्दु संस्कृतिमा एक विशेष महत्वको प्राणी हो। गाईलाई मातृत्व, समृद्धि, शुभता, औषधीयता, आदि को प्रतीक मानिन्छ। गाईको धार्मिक, सामाजिक, सांस्कृतिक र वैज्ञानिक महत्व छ ।

• धार्मिक महत्व: गाईलाई सनातन हिन्दु परम्परामा माता को समान मानिन्छ। हिन्दू धर्म दर्शन अनुसार गाईमा सवै देवता निवास गर्छन् । भविष्य पुराणका अनुसार गाईको पीठमा ब्रह्मा निवास गर्छन्, गलामा भगवान विष्णु , भगवान शिव मुखमा रहन्छन् ।मध्यभागमा सबै देवीदेवताको बास हुन्छ । गाईको प्रत्येक रौं रौंमा महर्षिहरूको निवास हुन्छ भने पुच्छरमा अनन्त नाग, खुरमा सवै पर्वत, गोमूत्रमा गङ्गा लगायतका पत्रिव नदी रहने धार्मिक वर्णन रहेको पाइन्छ । गाईको आँखामा सूर्य र चन्द्रमा वास गर्छन् । यस आधारमा गाइलाइ सम्पूर्ण देवी देवताको प्रतिक मानिएको हो ।

• सामाजिक महत्व: गाईले मनुष्यको संसारमा केही पनि कुरा को कमी हुने छैन। गाईले मनुष्यलाई दुध, छाला, केस, मल, मूत्र, आदि को समेत प्रयोग हुने समस्त कुरा प्रदान गर्छ।

• सांस्कृतिक महत्व: गाईको संस्कृति हिन्दु संस्कृति को प्रमुख अंग हो। हिन्दुहरूले पनि प्रति संस्कृति को प्रमुख कुरा मानेका हुन् ।

• वैज्ञानिक महत्व: गाईको हरेक कुरा को उपयोग हुन्छ ।

• दुध: गाईको दुध मनुष्यको समस्त पोषक आवश्यकता पूरा गर्छ ।

• मल: गाईको मलले माटोको पोषक प्रदान गरेर कृषि को बृद्ध गर्छ ।

• घीउ : गाईको घीले मनुष्यको शरीरको शक्ति बढाउने, रोग प्रतिरोधी क्षमता बढाउने, कार्य गर्छ।

• मूत्र: गाईको मूत्रले आयुर्वेद मा 2000 भन्दा बढी प्रकार का रोगहरुले  प्रति  प्रभावी  हुने  प्रमाणित  भएको  छ ।  १४७ रोगको औषधी बनेको छ । गोमूत्रले मनुष्यको स्वास्थ्यलाई सुधार्ने, रोगहरूलाई निवारण गर्ने, प्रदूषणहरूलाई शुद्धिकरण गर्ने, आदि को काम गर्छ।

• गाई प्राणी जगतको एकमात्र त्यस्तो प्राणी हो, जसले अक्सिजन ग्रहण गरेर अक्सिजन नै छोड्छ।

• गाईको मूत्रमा सुन, तामा, क्याल्शियम, पोटासियम, सोडियम, नाइट्रोजन, आदि लगभग २४ तत्व रहेका हुन्छन्, जुन हाम्रो शरीरका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छन् ।

• गाईको दुधमा रेडियो विकिरणबाट रक्षा गर्ने सबभन्दा अधिक शक्ति हुन्छ।

• गाईको दुधले हृदयको रोग बाट बचाउँछ।

• गाईको दुधले स्मरण शक्ति बढाउँछ।

• गाईको गोबरमा हैजाका किटाणुलाई नष्ट गर्ने अद्भुत शक्ति हुन्छ।

• गाईको गोबरको गंधले अन्य रोगका किटाणु पनि मर्छन्।

• गाईको एक तोला ध्यूबाट हवनादि यज्ञ गर्दा १६०० किलो अक्सिजन निर्माण हुन्छ।

• गाईको दुधमा केरोटीन नामक पदार्थ अधिक हुन्छ जसले आँखाको ज्योति बढ्छ।

• गाइको गोबरले दाद, लुतो, घाउ, खटिराजस्ता छालाजन्य रोगहरुमा औषधिको काम गर्छ।

• केवल एउटा गाईको गोबरबाट प्रतिवर्ष लगभग ३० देखि ४५ हजार किलो बायोग्यास प्राप्त हुन्छ।

• दुध दिने बेला गाईको मूत्रमा लैक्टोसको वृद्धि हुन्छ, जुन हृदय रोगका लागि लाभदायक हुन्छ।

• गाईको दुध चिल्लो रहित तर शक्तिशाली हुन्छ, यो जति खाए पनि मोटोपन बढ्दैन र यो स्त्रीहरुको प्रदर रोगमा पनि लाभदायक हुन्छ।

• गाईको गोबरको गुइठा जलाउँदा झिङ्गा, लामखुट्टे आदि कीटाणु भाग्छन् र दुर्गन्ध पनि नाश हुन्छ।

• गौ-मूत्र बिहान खाली पेट सेवन गर्नाले क्यान्सर जस्तो घातक रोग पनि ठीक हुन्छ।

• गाईको शरीरलाई प्रतिदिन १५/२० मिनेट जति हातले मुसार्ने गर्दा उच्च रक्तचाप नियन्त्रण हुन्छ।

• गाईको शरीर बाट निस्कने सात्विक तरंगले आस(पासको वायुमंडललाई प्रदूषण रहित बनाउँछ।

• गाई या त्यसका बाच्छा/बाच्छी रमाउँदा निस्कने आवाजले मानसिक विकृति तथा त्यस्तै खाले रोगलाई नष्ट गर्दछ।

पाचन विकार: कहिलेकाहीँ गाईको मूत्र पाचन समस्याहरू जस्तै अपच, सूजन, र कब्जियतको लागि आयुर्वेदिक सूत्रहरूमा प्रयोग गरिन्छ।

• छाला सम्बन्धी रोगहरू: गाईको मूत्रमा एन्टिफङ्गल र जीवाणुरोधी गुणहरू हुनसक्छन् भनी कसै-कसैको विश्वास छ, यसले eczema or acne जस्ता केही छालाका रोगहरूको उपयोगी हुन्छ।

• श्वासप्रश्वास सम्बन्धी समस्याहरू: दम वा ब्रोन्काइटिस जस्ता श्वासप्रश्वासका अवस्थाहरूको लागि गाईको मूत्रले राम्रो गर्छ ।

• मधुमेह: गाईको मूत्रले रक्त शर्कराको स्तरलाई विनियमित गर्न र मधुमेह व्यवस्थापनमा मद्दत गर्छ ।

• क्यान्सर: गौमुत्रमा 1000 भन्दा बढि क्यान्सर प्रोतिरोधी केही वैकल्पिक चिकित्सा सर्कलहरूमा, गाईको मूत्रलाई क्यान्सर उपचारको लागि प्रस्ताव गरिएको छ,

• प्रतिरक्षा प्रणाली बढाउँछ: गाईको मूत्रमा प्रतिरक्षा-बढाउने गुणहरू हुन्छन जसले शरीरलाई संक्रमणहरूबाट लड्न मद्दत गर्दछ। कोरना जस्ता रोगहरूले दैनिक गौमुत्र सेवन गर्नेहरूलाई असर गर्न सक्दैन ।

हामीलाई यी उत्पादनहरू प्रदान गर्नुको अलावा, गाईहरूले वातावरणमा पनि महत्त्वपूर्ण भूमिका खेल्छन्। तिनीहरू झारपात र अन्य अनावश्यक बिरुवाहरू चराएर घाँसे मैदानहरूलाई स्वस्थ राख्न मद्दत गर्छन्। तिनीहरूले माटोलाई तिनीहरूको खुरमा प्याक गरेर माटोको क्षरण रोक्न मद्दत गर्दछ।

समग्रमा, गाईहरू हाम्रो संसारको एक महत्त्वपूर्ण भाग हो। तिनीहरूले हामीलाई खाना, कपडा र अन्य उत्पादनहरू प्रदान गर्छन्, र तिनीहरूले वातावरण कायम राख्न पनि भूमिका खेल्छन्।

 गाई को महत्व को केहि विशिष्ट उदाहरणहरु छन्:

• भारतमा, गाईलाई पवित्र जनावर मानिन्छ र खाना वा छालाको लागि प्रयोग गरिदैन। 

• अफ्रिकाका धेरै भागहरूमा गाईलाई मुद्राको रूपमा प्रयोग गरिन्छ।  

शास्त्रीय मान्यता अनुसार यदि घरको मुल ढोका अगाडि गाई बाधिएको छ भने त्यस घरमा कुनैपनि भुत,प्रेत आदिले प्रवेश गर्दैन भनिन्छ।

तन्त्रशाश्त्रमा गौलोचनको महत्व अझ धेरै रहेको छ । यसको मुल्य पनि (एकमुखे जस्तै) अत्यन्त धेरै रहेको छ ।

गाईको महत्व निर्विवाद छ । तिनीहरूले हाम्रो जीवन र वातावरणमा महत्त्वपूर्ण भूमिका खेल्छन्। गाईले हामीलाई प्रदान गर्ने धेरै फाइदाहरूको लागि हामी सबै कृतज्ञ हुनुपर्छ।

संस्कृतमा एउटा श्लोक छ 

गोव्यायां तु दुर्बुद्धिर्बुद्धेः पुंसां द्विजोत्तम | 

सर्वेषां तु प्रणश्यन्ति गावो गौरक्षकाः स्मृताः ||”

यसको अर्थले गाईको रक्षाको महत्त्वलाई जोड दिन्छ यसले सुझाव दिन्छ कि गाईलाई हानि पुर्‍याउनु कमजोर बुद्धि हुनेहरूको पहिचान हो, श्लोकमा थप भनिएको छ कि गाईको रक्षा गर्नेहरूलाई धर्मी र जिम्मेवार व्यक्ति मानिन्छ।

यसर्थ गाईको संरक्षण गरौ गौहत्या गर्ने र संरक्षण गर्नेलाई कारबाही गरौं ।

(लेखक खड्का चलचित्र लेखक, निर्देशक तथा ज्योतिष समेत रहेका छन् ।)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x