२७ जेष्ठ २०८३, बुधबार

गैर नेपाली नागरिकलाई नेपाली नागरिकता दिलाउन भूमिका खेलिरहेका छन् ?

एसीपी संवाददाता

२७ जेष्ठ २०८३, बुधबार ०७:१८ मा प्रकाशित

बाँकेमा पनि यस्ता वडाध्यक्ष वा जनप्रतिनिधि छन्, जसले संविधान र कानुनको मर्मविपरीत गैर नेपाली, विशेषगरी भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन भूमिका खेलिरहेका छन् ?

दाङमा भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गरेको आरोपमा एक वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । दाङको राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर यादव, वडा सचिव राजकुमार कहार, कार्यालय सहयोगी मिना चौधरी तथा अर्का एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भारतीय नागरिक आलम जोल्हालाई नेपाली नागरिकता प्राप्त गर्न सहज हुने गरी स्थानीय बासिन्दा भएको सिफारिस उपलब्ध गराइएको आशंकामा उनीहरूमाथि अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा आलम जोल्हालाई उक्त वडाको स्थायी बासिन्दा देखाउँदै आवश्यक कागजात र सिफारिस तयार पारिएको तथ्य फेला परेको प्रहरीको दाबी छ ।

प्रहरीले घटनासँग सम्बन्धित थप प्रमाण संकलन तथा कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ । नागरिकताजस्तो संवेदनशील विषयमा गैरकानुनी रूपमा संलग्न भएको पुष्टि भए सम्बन्धित व्यक्तिहरूमाथि प्रचलित कानुनअनुसार कारबाही हुने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x