घरेलु संघ महोत्सवको मन्त्री राई द्वारा उद्घाटन

११ पुस, बाँके – शुक्रबार नेपालगञ्जमा घरेलु संघको महोत्सव पुर्व मन्त्री राइको सुभ उद्घाटनमा सुरु भएको छ ।
पुस ११ देखि २१ गते सम्म चल्ने गरि आयोजना गरिएको महोत्सव पानसमा बत्ती बाली सहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईस्तियाक राईले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा राईले आफु मन्त्री पदबाट राजिनामा दिएपनि मन्त्री परिषद बाट अझै स्वीकृत नभएको बताउनु भयो । मन्त्री राइले संविधान सन्सोधनका लागि एकजुट भइ सहयात्राको कुरालाइ जोड दिदै संविधान सन्सोधनको कुरा राख्द बिरोध गर्नेले अहिले प्रदेशको हेरफेर गर्ने कुरा न सुहाएको बताए । राईले बुटवललाई राजधानी कुनैपनि हालतमा न स्वीकार गर्ने बरु बाँकेलाई पहिलो प्राथमिकता दिदै सम्बोधन गरेका हुन । राज्यले पहिलो संविधान संशोधन भए मात्र सुमांकन गर्न पाइने कुरा पनि बताउनु भयो । उहाले बाँके र बर्दिया लाई कर्णाली प्रदेश्मा गाभ्ने कुरामा संविधानिक हिसाबले पनि कठिन रहेको पनि जनाउनु भयो । जनतालाइ आफुले सारेको कार्ययोजनालाई आफू राजिनामा दिसक्दा पनि सफल बनाउने कुरा बताउनु भयो ।

शुक्रवार उद्घाटनको लागि बिहान आठ बजे भब्य सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति बुटवलको सहकार्यमा मेहनत सृजना उत्पादन र बस्तु – मेरै नेपालको भन्ने मूल नाराका साथ दोस्रो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव–२०७६ मा ३०७ वटा स्टल रहेको महोत्सव मूल आयोजक समिति संयोजक रचना श्रेष्ठले जानकारी दिनुभयो ।



