चीनको दाबी नेपाली भुमिमा भवन निर्माण भएको छैन्

चीनले नेपालसँग जोडिएको कुनै पनि ठाउँमा भौगोलिक विवाद नरहेको दाबी गरेको छ ।
उसले नेपाली भूमिमा चीनले बनाएको भनिएका भवनहरुको सत्यतथ्य जाँच गर्न नेपालले सक्ने जनाएको छ ।
हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको बेला चीनको सो धारणा आएको हो ।

२०७२ सालबाट हराएको ११ नम्बर सीमास्तम्भ अहिले खोजी
काठमाडौंस्थित चिनियाँ दूतावासले एक प्रेस नोट जारी गर्दै भनेको छ, ‘चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद छैन । दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएका छन् ।’
नेपाल–चीन निकटका छिमेकी हुन् भन्दै चिनियाँ दूतावासले नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरेको जनाएको छ ।

‘चीन र नेपाल मित्रवत् छिमेकीहरू हुन् । चीनले सधैँ नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरेको छ,’ नेपालस्थित चिनियाँ दूताबासका लुआन सिउतानले जारी गरेको नोटमा भनिएको छ, ‘सञ्चार माध्यमले उल्लेख गरेका भवनहरू नेपाल-चीन सीमाको चिनियाँ खण्डमा रहेको कुरा प्रमाणित भएको छ ।’
लुआनले अगाडि भनेका छन्, ‘नेपाली पक्षले यसको पुनः परीक्षण गर्न पनि सक्छ । नेपाल र चीनबीच कुनै भौगोलिक विवाद छैन । सीमा मामिलामा दुबै पक्षले निकटरूपमा सञ्चार सम्बन्ध कायम गरेका छन् । सभार-अनलाइनखबर





[…] […]
[…] […]
[…] […]