२८ आश्विन २०८३, बुधबार

चीनमा उईगर मुस्लिममाथि जारी अत्याचार विरुद्ध उइगर काङ्ग्रेसको पत्र

एसीपी संवाददाता

२३ चैत्र २०७७, सोमबार ०१:२० मा प्रकाशित

बेइजिङ । विश्व उइगर कंग्रेसले बेइजिङलाई ओलम्पिक २०२२ को आयोजना गर्न नदिन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको आचारिसंहिता आयोगका प्रमुख बान की मुनलाई पत्र पठाएका छन् ।

बेइजिङले ओलम्पिक आयोजनाका लागि आवश्यक मापदण्ड पूरा नगरेको र नियम उल्लंघन गरेको भन्दै आयोजक राष्ट्रको रुपमा प्रतिबन्ध लगाउन विश्‍व उइगर कंग्रेसले मुनलाई पत्र पठाएको हो ।

अगस्त २०२० मा, लन्डनस्थित अन्तर्राष्ट्रिय मानवअधिकार बैरिस्टर र उइगर राइट्सका लागि कार्यरत माइकल पोलाकलाई अन्तर्राष्ट्रिय ओलम्पिक समितिको आचारसंहिता आयोगमा औपचारिक लिखित गुनासोको प्रारम्भिक मस्यौदा तयार गर्न निर्देशन दिएको थियो ।

तर, चीनले उक्त मापदण्ड र नियमहरु उल्लंघन गरेको आरोप लगाइएको छ । मुनले यस गुनासो अनुसार छानबिन गर्ने प्रतिक्रिया दिएका छन् ।

चीनले उइगरहरुमाथि दमन गरेको, तिब्बत, हङकङ र सिन्जियाङमा मानवअधिकाको चरम उल्लंघन गरेको भन्दै विश्‍वभरका उइगरहरुको अधिकारका लागि कार्यरत संघसंस्थाहरु र अन्य मानवअधिकारवादी संगठनहरुले चीनलाई ओलम्पिक आयोजना गर्नमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।

चीनले सिन्जियाङमा लाखौं उइगरहरुलाई गैरकानुनी हिरासतमा राखेर यातना दिइरहेको छ । अमेरिका, क्यानडालगायतका मुलुकहरुले यसलाई नरसंहार भएको बताएका छन् । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x