१२ आश्विन २०८३, सोमबार

चीनमा कोरोना संक्रमणले भयावह बन्दै चीन

एसीपी संवाददाता

१६ बैशाख २०७९, शुक्रबार ०१:४३ मा प्रकाशित

चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो केही दिनयता संक्रमितको संख्या बढ्न थालेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । चीनका विभिन्न सहरमा कोरोना भाइरसका संक्रमितहरुको संख्या सोमबार मात्र ३ हजार भन्दा बढी पुगेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

सोमबारको तथ्यांक अनुसार ३ हजार २९७ जना कोरोना संक्रमित देखिएका हुन् । ती मध्ये सबैभन्दा धेरै संक्रमित सांघाइ सहरमा पाइएको छ । चीनको नेसनल हेल्थ कमिसनले सोमबार भेटिएका मध्येका ३ हजार ८४ जना सांघाइकै रहेका बताएको छ । पछिल्लो समयमा सांघाइमा कोरोनाको संक्रमण बढेको छ ।

त्यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको चीनको नेशनल हेल्थ कमिसनले जनाएको छ । सो कमिसनका अनुसार चीनभित्रै संक्रमित भएका व्यक्ति भेटिएका हुन् । चीनका जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन् । यी सहरहरुमध्ये सबैभन्दा बढी अहिले सांघाइमा भेटिएका छन् ।

चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोना संक्रमण मुक्त भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x