२९ आश्विन २०८३, बिहीबार

जनता समाजवादी पार्टीको कार्यकारिणी बैठक अनिश्चित

एसीपी संवाददाता

१४ बैशाख २०७८, मंगलवार १३:४७ मा प्रकाशित

जनता समाजवादी पार्टीको कार्यकारिणी बैठक अनिश्चित भएको छ ।

कोरोना संक्रमणलाई देखाउदै जसपाले कार्यकारिणी बैठकलाई निषेधाज्ञापछि नै सारेको हो । कार्यकारिणी बैठक मंगलबार बोलाउन जसपा पदाधिकारीको बैठक पार्टी कार्यालय बालकुमारीमा बसेको थियो । बैठकले कोरोना महामारी भएकाले अहिले कार्यकारिणी बैठक नवोलाउने निर्णय गरेको हो ।

जसपाका शीर्ष नेताहरुबीच केन्द्रीय कार्यकारिणी बैठक बोलाउने विषयमा विवाद भएको बुझिएको छ ।  पदाधिकारीबीचको छलफलमा बाबुराम भट्टराई र उपेन्द्र यादव तत्काल कार्यकारिणी बैठक बोलाएर सरकार गठनबारे निर्णय गर्नुपर्ने पक्षमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो बैठक बोलाउने पक्षमा नदेखिएपछि नेताहरुबीच सहमति जुट्न नसकेको हो । जसपामा ठाकुर र महतो केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने पक्षमा हुनुहन्छ भने भट्टराई र यादवपक्ष ओलीविरुद्धको गठबन्धनको पक्षमा हुनुहुन्छ

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x