१४ मंसिर २०८३, आईतवार

जनताका मागलाई पहिलो प्राथमिकता दिनेछु: प्रशान्त बिष्ट

एसीपी संवाददाता

२४ बैशाख २०७९, शनिबार ०४:२८ मा प्रकाशित

नेपालगन्ज ,बैशाख २४: मतदाताहरुले हौसला थपिदिएको नेपालगन्ज उपमहानगरपालिकाका नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्टले बताउनु भएको छ ।
आज शनिबार विहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धक्बोजी क्षेत्रका मतदाताहरु संग भेटघाट गर्नुभएका बिष्टले मतदाताहरुले आर्शिबाद सहित उत्साह थपिदिएको बताउनुभयो ।

 उहाँले मतादाताहरुले राखेका मागहरुलाई पहिलो प्राथमिकता दिने बताउनुभएको छ । आफूले बनाएका बिकास योजनालाई कार्यान्वयन गर्ने क्रममा पहिलो प्राथमिकता जनताको चाहना अनुरुप गर्ने कुरामा विश्वस्त हुन उहाँले आग्रह गर्नुभयो ।
बिष्ट आज विहानैदेखि घरदैलो अभियानमा जुटिसक्नु भएको छ । उहाँले आज वडा नम्बर १ मा वडाअध्यक्षका कांग्रेसका उम्मेदवार बिनोद रिजाल संगै विहान घरदैलो गर्नुभएको हो । वडाअध्यक्ष पदका उम्मेदवार रिजालले वडाको समग्र बिकासका लागि आफूलाई बिजयी गराउन मतदाताहरु संग आग्रह गर्नुभएको छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x