१४ मंसिर २०८३, आईतवार

जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने – महतो

एसीपी संवाददाता

३० असार २०७९, बिहीबार ०८:५२ मा प्रकाशित

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सवालमा सहमती जुटेको बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्था अनुसार कानुन बनाएर नागरिकता दिन सरकार तयार भएको बताएका हुन् । यो भन्दा पहिले पनि स्वार्गिय नेता गिरिजा प्रसाद कोइरालाले तराईको जिल्लामा नागरिकता बिहिन लाई नेपाली नागरिकता वितरण गर्न टोलि पठाएका थिए । अहिले पुनः नेपाली काङ्ग्रेसको नेतृत्वले नेपालमा बसोबास गर्नेहरुको पिडा बुझेको हो । अहिले प्रधानमन्त्री शेर बहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाण कडा कदमले तराईमा बन्चित परिवारले नागरिकता प्राप्त गरि नेपाली हुने हुने महसुस गर्ने छ्न ।

नेता राजेन्द्र महतोले संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लगि पारित गर्न सरकार सहमत भएको उल्लेख गरे ।  नयाँ विधेयक संसदमा लगेर पारित गर्न सम्भव भएको उनको भनाइ छ । उनले भने, ‘सहमती भएको विषयवस्तु भनेको जन्मसिद्धका सन्तानहरुलाई नागरिकता दिने सन्दर्भमा संवैधानिक व्यवस्था अनुसारको कानून ल्याएर त्यसलाई पास गर्ने भन्ने कुरा भएको छ । त्यसैले पुरानो जसमा विवाद छ, त्यसलाई फिर्ता गर्ने । अर्को विधेयक ल्याएर, सहमतीवाला विधेयक ल्याएर पास गरेर जन्मसिद्ध नागरिकको सन्तानहरुको समस्यालाई समाधान गर्नेतर्फ काम अगाडी बढाउने कुरा भएको छ । यो सम्भव छ । भइहाल्छ ।’

उनले  संसदमा छिट्टै नागरिकता सम्बन्धि नयाँ विधेयक ल्याउन गृहमन्त्री बालकृष्ण खाँणले प्रतिवद्धता जनाएको बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x