३ आश्विन २०८३, शनिबार

जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति

एसीपी संवाददाता

१९ भाद्र २०७७, शुक्रबार १५:०० मा प्रकाशित

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति भएको छ ।
ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा भएको सर्वपक्षिय छलफलका क्रममा रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति भएको हो । सहमतिअनुसार रातो मच्छिन्द्रनाथ रथ राखिएको स्थानमा क्षमा पूजा गरिने , भाद्र २१ गते सुरक्षा सावधानी

https://www.youtube.com/watch?v=00nkJruvlEE

अपनाउँदै रथ थोरै तानिने भएको छ । त्यस्तै भाद्र २२ गते साइत हेर्ने र २६ गते भित्र मूर्ति बुङ्गमतीमा पुर्याएर मन्दिरमा बिराजमान गराउने तय भएको छ । बैठकमा रातो मच्छिन्द्रनाथको जात्रामा प्रत्यक्ष सहभागी हुने १९ वटा सङ्घसंस्थाका प्रतिनिधिसहित ललितपुरका सांसद, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिको सहभागिता थियो । कुनै अप्रिय घटना हुन नदिन ललितपुर प्रशासनले ललितपुर महानगरभित्र कर्फ्य जारी गरेको छ भने रातो मच्छिन्द्रनाथको रथ वरपर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x