२९ आश्विन २०८३, बिहीबार

दार्चुलाको तुईन प्रकरण ; प्रतिवेदन बारे भ्रम फैलाउने समाचारको प्रोपोगन्डा

एसीपी संवाददाता

३ भाद्र २०७८, बिहीबार १२:५४ मा प्रकाशित

तुइन प्रतिवेदन नबन्दै भारतबारे समाचार आएपछि बोल्यो गृह, कमाण्डरले भने, ‘प्रपोगाण्डाले छक्क परे’ अनावश्यक समाचार प्रकाशन प्रती ध्यानाकर्षण

तुइन प्रकरण : प्रतिवेदन नबन्दै भारतबारे समाचार आएपछि बोल्यो गृह, कमाण्डरले भने, ‘प्रपोगाण्डाले छक्क परे’

काठमाडौं । दार्चुलाको तुइन प्रकरणमा स्थलगत अध्ययन सकिएको छ ।

छानविन समितिले प्रतिवेदन तयार पार्न गृहकार्य सुरु गरेको छ । प्रतिवेदन लेख्न अझै केही समय लाग्ने देखिएको छ ।

तर बुधवार केही सञ्चारमाध्यममा भारतीयले लट्ठा खुस्काएको छानविन समितिको निष्कर्ष भनेर समाचार आयो ।

समाचारमा उच्च स्रोतको हवाला दिँदै व्यास गाउँपालिका–२, मालगाउँका ३३ वर्षीय जयसिंह धामी मालघाटमा तुइन तर्दातर्दै भारतीय पक्षले लट्ठा खुस्काउँदा महाकाली नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको दाबी गरिएको छ ।

IMG-20210818-WA0031.jpg

धामी तुइन तर्दैगर्दा तुइन चुडिएर गत साउन १५ मा महाकाली नदीमा खसेका थिए । तुइनबाट खसेर बेपत्ता भएका धामी अझै भेटिएका छैनन् । स्थानीयले भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले तुइन काटिदिँदा धामी खसेको बताइरहेका छन् ।

यस घटनामा के भएको भनेर सरकारले छानविन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।

तर समितिले प्रतिवेदन तयार नपार्दै घटनामा भारतीय पक्षको संलग्नता रहहेको ठोकुवा गरेर समाचार आएपछि समितिका संयोजक सहसचिव गौतमले आपत्ति जनाएका छन् ।

मिडियामा समाचार आएपछि आफूले आश्चर्यमा परेको बताएका छन् ।

आधारहीन र गलत समाचारले प्रप्रोगाण्डा फैलाउने भन्दै गौतमले यो चौथो अंगको कमजोरी भएको र बलियो बनाउनतिर लाग्न फेसबुकमार्फत अपिल गरेका छन् । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x