५ आश्विन २०८३, सोमबार

नयाँबस्तीमा आधा जलेको अवस्थामा मानिसको खुट्टा भेटियो

एसीपी संवाददाता

२५ जेष्ठ २०७८, मंगलवार ०७:३१ मा प्रकाशित

काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा आधा जलेको अवस्थामा मानिसको खुट्टा भेटिएको छ ।

मंगलबार बिहान मानिसको घुँडामुनिको खुट्टाको भाग जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थल नजिकै स्थानीयले मानिसको खुट्टा देखेपछि प्रहरीलाई शव भेटिएको भनेर खबर गरेका  थिए ।

घटनाबारे जानकारी हुनेबितिकै प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिनुभयो । खुट्टा र घुँडाको भाग मात्रै फेला परेको र पोष्टमार्टमका लागि पठाइएको उहाले बताउनुभयो ।

अहिले कसको शव हो, घटना के हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x