२९ आश्विन २०८३, बिहीबार

नरैनापुरमा सामुदायिक अस्पताल सञ्चालनको पर्खाइमा नागरिक, भवन तयार तर सेवा अझै सुरु भएन अरबिन्द कुमार यादव

एसीपी संवाददाता

२९ आश्विन २०८३, बिहीबार ११:४८ मा प्रकाशित

बाँके —  बाँकेको नरैनापुर गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको १५ शय्याको आधारभूत अस्पताल आवश्यक जनशक्ति र उपकरणको अभावमा सञ्चालनमा आउन सकेको छैन। अस्पताल सञ्चालन नहुँदा स्थानीय नागरिकले गाउँमै सहज स्वास्थ्य सेवा पाउने अपेक्षा अझै पूरा हुन सकेको छैन।

गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहका अनुसार अस्पताल सञ्चालनका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र उपकरण व्यवस्थापन गर्न सङ्घीय तथा प्रदेश सरकारसँग आग्रह गरिएको छ।

अस्पताल सञ्चालनमा वार्षिक दुईदेखि तीन करोड रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ। गाउँपालिकाको सीमित आन्तरिक आम्दानीका कारण अस्पताल सञ्चालनमा आर्थिक चुनौती रहेको जनाइएको छ।

स्थानीयको प्रश्न—भवन बन्यो, उपचार कहिले?
सामान्य उपचारका लागि समेत नेपालगन्ज जानुपर्ने बाध्यता कम हुने आशामा रहेका स्थानीय नागरिक अस्पताल सञ्चालनको प्रतीक्षामा छन्।

अब गाउँपालिकाले अस्पताल सञ्चालनको स्पष्ट कार्ययोजना सार्वजनिक गर्नुपर्ने र सङ्घ तथा प्रदेश सरकारले आवश्यक जनशक्ति, उपकरण र बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ।

जनताको प्रश्न एउटै छ—नरैनापुरको अस्पताल सञ्चालनमा ल्याउन अझै कति समय लाग्ने हो?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x