४ आश्विन २०८३, आईतवार

नेकपा एमालेका नेताहरुलाई मिल्न दवाव

एसीपी संवाददाता

१९ असार २०७८, शनिबार ०८:५५ मा प्रकाशित

नेकपा एमालेका नेताहरुलाई मिल्न दवाव दिदै काठमाडांैको चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिहरुले प्रदर्शन गरेका छन् ।

शनिबार चन्द्रागिरिका एमाले तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले मुलुकको समृद्धिका लागि एमालेका नेताहरु एकतावद्ध हुनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । प्लेकार्डसहित प्रदर्शन गरेका उनीहरुले समृद्धिका लागि एमालेको एकता अपरिहार्य रहेको बताएका छन् । सिंगो एमाले हाम्रो चाहना, जनताको बहुदलिय जनवाद जिन्दवाद लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । प्रदर्शनमा उत्रिएका जनप्रतिनिधिहरुले एमालेलाई एकढिक्का बनाउन अव मुलुकभरिबाट दवाव दिनुपर्ने धारणा राखेका थिए । उनीहरुले अहिलेको अवस्थामा अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल लगाएतका नेताहरु एक भएर अघि बढ्नुपर्ने बताए । चन्द्रागिरि नगरपालिका वडा नंवर १ का अध्यक्ष राजेन्द्र केसीले नगरपालिकाका १ देखि १५ सम्ममा एमाले तर्फका जनप्रतिनिहरु एमालेलाई एकढिक्का बनाउनका लागि दवावमुलक कार्यक्रममा उत्रनुपरेको बताउनुभयो ।

उनीहरुले एमालेलाई एकतावद्ध बनाउनका लागि हरसम्भव दवाव दिने अभियानमा निरन्तर लाग्ने र यसलाई देश व्यापी बनाउने बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x