२९ आश्विन २०८३, बिहीबार

देशमा हिन्दु राज्यको माङ

एसीपी संवाददाता

२८ फाल्गुन २०७७, शुक्रबार ०१:२४ मा प्रकाशित

शिवरात्री मनाउन भारतदेखि नेपाल आएका ना गा बाबाहरूले आफुहरुलाई राजा चाहिएको बताएका छन् । वर्षमा एक पटक शिवरात्री मनाउन नेपाल आउने ती भारतीय ना गा बाबाहरुले आफुहरुलाई नेपालमा राजा चाहिएको माग गरेका छन् । उनीहरु बिहीवार (आज) परेको शिवरात्रीका लागि केही दिन अघि नै नेपाल आएका थिए । उनीहरुले राजा बाहेक नेपालमा अरु कुनै दल या नेताहरुलाई आफुहरुले नचिन्ने बताए ।

महाशिवरात्रीको दर्शन गर्न भारतबाट आएका साधुहरुले नेपाल ३ हजार वर्षदेखि हिन्दूराज्य भएको बताउने गरेका छन् । महाशिवरात्रीको समयमा भारतबाट आएका नागा बाबा र साधु बाबाहरुले नेपाल सदिऔंदेखि सनातन धर्मको राज्य भएको बताएका हुन् । नेपाललाई त्रेता युगदेखि नै रामको राज्य र भगवान शिवले आफ्नो बासस्थान बनाएको ठाउँका रुपमा हिन्दुु धर्ममा आस्था राख्नेहरुले मान्दै आएका छन् । सोही कुरालाई आधार मान्दै भारतीय ना गा बाबाहरुले नेपाललाई कसैले पनि अरु राज्य भन्नै नपाउने स्पष्ट पारेका छन् ।

पशुपतिमा आएका अधिकांश बाबाहरुले नेपालमा अरुलाई नचिन्ने तर राजालाई चिन्ने बताएका छन् । ‘नेपालमा हामीले चिन्ने विष्णुको अवतार भएका राजालाई चिन्छौं अरु त को हुन् ?’ भारतको गाजियावाद भदौली शिवमन्दिरबाट आएका नागा बाबा राम गिरीले लोकान्तरसँग भने, ‘हामी भगवान शिवलाई मान्छौं राजा मान्छौं ।’ यस पटक शिवरात्रीको पूर्वसन्धामा पशुपतिमा चहलपहल न्यून देखिएको छ ।

कोरोना भाइरसको संक्रमण चलिरहेका कारण र नेपाल भारत सीमा आंशिक बन्द भएकाले चहलपहल कम देखिएको छ । पशुपतिमा अघिल्लो बर्षजस्तो बाबाहरु पनि देखिएका छैनन् । पशुपति क्षेत्रमा देखिएको बाबाको चहलपहललाई लोकान्तरकर्मी गगन अर्याल र विश्वास खनालले भिडियोमा उतारेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x