६ जेष्ठ २०८३, बुधबार

नेपाल–चीन सीमा विवादमा सरकारको हतारो किन -काँग्रेस

एसीपी संवाददाता

८ आश्विन २०७७, बिहीबार ०८:२४ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाल–चीन सीमा प्रश्नमा सरकारको हतारो टिप्पणी बारे ध्यानाकर्षण भएको जनाएको छ ।

स्थलगत अध्ययनको धारणा आउनु पूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको हाम्रो ठहर छ ।

नेपाली कांग्रेस पार्टीका तर्फबाट केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही हुम्लामै रहेर स्थानीय वास्तविकता बारे वस्तुगत अध्ययनकै क्रममा हुनुहुन्छ ।
सीमा सम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चार माध्यम समेतको ठोस अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुने हाम्रो बुझाई छ । 

बिहीबार कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ती जारी गर्दै नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनुअघि नै सरकारले ‘सीमा मिचिएको छैन’ भनेर धारणा सार्वजनिक गरेको प्रति ध्यानाकर्षण भएको बताएका हुन् । 

चीनको दाबी नेपाली भुमिमा भवन निर्माण भएको छैन्

चीनको दाबी नेपाली भुमिमा भवन निर्माण भएको छैन्

बुधबार सरकारको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले चीनले हुम्लाको लिमी उपत्यकामा भूमि अतिक्रमण नगरेको र नेपाल–चीनबीच कुनै सीमा विवाद नरहेको बताएका थिए। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सार्वजनिक गरेको उक्त धारणाप्रति कांग्रेसले ध्यानाकर्षण भएको जनाएको हो ।

नेपाली भूमि अतिक्रमण गरेको भन्दै  चीनविरुद्ध प्रदर्शन

नेपाली भूमि अतिक्रमण गरेको भन्दै चीनविरुद्ध प्रदर्शन

सरकारको जिल्ला स्थित संरचनाको नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनु पूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत नदेखिएको कांग्रेसले विज्ञप्तीमा बताएको छ । 

विज्ञप्तीमा भनिएको छ – हुम्ला जिल्ला स्थित नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेको प्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ । 

सरकारको जिल्ला स्थित संरचनाको नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनु पूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत देखिएन । 

भुमि फिर्ता गर भन्दै युवाहरु सडकमा

भुमि फिर्ता गर भन्दै युवाहरु सडकमा

अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्ष पछि सीमा मिचिएको हो÷होइन भन्ने बारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई सरकारले हेक्का राखेन । 

बिहीबार साँझसम्म स्थलगत अध्ययन टोली सीमाबाट हुम्लाको सदरमुकाम फर्किए पश्चात सीमा मिचिएको ठहर भए चीन सरकार समक्ष कडा विरोध जनाउँदै संवादको कूटनीतिक प्रक्रिया मार्फत् समाधानमा पुग्न सरकारलाई प्रतिपक्षी दलका तर्फबाट सचेत गराउँदछौं । 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x