१ श्रावण २०८३, शुक्रबार

नेपाल-भारत बिच सम्बन्ध सुधारको पहल शुरु

एसीपी संवाददाता

१५ आश्विन २०७७, बिहीबार ०९:४० मा प्रकाशित

नाकाबन्दी र नेपाली भूमि अतिक्रमणका कारण भारतप्रति नेपाली जनतामा नकारात्मक विम्ब यथावत् रहेका बेला त्यसलाई चिर्नेगरी दुई देशबीचको सम्बन्ध सुधारको पहल अगाडि बढेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अविश्वास, आशंका र नकारात्मक बिम्ब हटाएर नेपालसँगको सयौं वर्षदेखिको जनस्तरको सम्बन्ध प्रगाढ बनाउने कुरामा प्रतिबद्ध रहेको संकेत गरेका छन् ।
खासगरी एक महिनायताको घटनाक्रमलाई मात्रै नियाल्ने हो भने पनि भारत नेपाल दुवै सम्बन्धलाई सुधार्ने र नकारात्मक बिम्ब हटाउन आतुर रहेको संकेत गर्छ । एक महिनाअघि प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनको अवसरमा ट्विट गर्दै सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै दुई देशबीचको सम्बन्ध प्रगाढ बन्ने अपेक्षा गरेका थिए ।

बर्दियाको गुलरियामा: ब्याक अफ  चाईना भन्दै प्रदर्शन

बर्दियाको गुलरियामा: ब्याक अफ चाईना भन्दै प्रदर्शन

त्यसलाई तत्काल ट्विटमा मेन्सन गरेर रेस्पोन्स गर्दै मोदीले भारत पनि सम्बन्ध सुधारमा आतुर रहेको जनाउ दिएका थिए । त्यसको ठीक एक हप्ताकै बीचमा दुई देशका प्रधानमन्त्रीहरूबीच टेलिफोन वार्ता भएपछि नेपाल–भारत सम्बन्ध सुधारले नयाँ दिशा पक्रिको कूटनीतिक विश्लेषकहरूले बताउँदै आएका छन् ।

रसुवागढीमा पहिरोले फेरी बाटो अवरुद्ध तातोपानी नाका बन्द पुस–माघमा किनेको सामान केरुङमै,थन्किए

चीनबाट ५ अर्ब २० करोड बराबरको विमान सदाका लागि बन्द

प्रधानमन्त्रीलाई किताब वितरण रोक्न दवाव दिएको कुरा बाहरियो


खासगरी कालापानी, लिपुलेक हुँदै लिम्पियाधुरासम्मको नक्सा प्रकाशनपछि नेपालले कूटनीतिक वार्ताबाटै समस्या समाधानको अपेक्षा गर्दै आएको छ । तर, तत्काल वार्ताको सम्भावना नरहेको कूटनीतिक सन्देश दिए पनि भारतले प्रधानमन्त्रीको ओलीको उच्चस्तरीय पहलपछि भने निरन्तर संवादमा बसिरहेको छ । जसले गर्दा छिट्टै दुई देशबीच पहिलो चरणमा मन्त्रीस्तरीय वार्ताको सम्भावना बढेको अनुमान गर्न थालिएको छ ।
गत वर्ष मात्र भारतको सहयोगमा अमलेखगन्जसम्म सम्पन्न भएको पाइपलाइन बिछ्याउने कार्यले ढुवानी भाडाबापत एक वर्षमा ८० करोड रुपैयाँ बचत भएको छ । यसले व्यापारघाटालाई सन्तुलनमा ल्याउन ठूलो सहयोग पुगेको छ ।

भारतकै सहयोगमा अघिल्लो साता जनकपुर–जयनगर रेल सञ्चालन उद्घाटन भएको छ । रेल नेपालले किने पनि लिक निर्माणमा भारतकै सहयोग रहेको हो । २०६७ सालमा तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको सरकारले राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणमा नेपालका तराई भूभागको ६ वटा स्थान जोड्नेगरी भारत सरकारसँग रेलवे विस्तारको सम्झौता गरेको थियो । ढिलै भए पनि पहिलो चरणमा नियमित सेवा सञ्चालन हुनेगरी सुरुवात हुने कुरा नेपालजस्तो विकासोन्मुख मुलुकका लागि धेरै महŒवपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

सगरमाथामा नै चीनले आफ्नो भएको दाबी गरेपश्चात् सुरु भएका वार्ता

सगरमाथामा नै चीनले आफ्नो भएको दाबी गरेपश्चात् सुरु भएका वार्ता

यसबाट अन्य परियोजनाहरूसमेत क्रमशः अगाडि बढ्दै जाने अपेक्षा गरिएको छ ।
नेपालसँग भएका सम्झौताहरू कार्यान्वयनका लागि दुई सातायता दुई देशको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको नियमित बैठक बसिरहेको छ । त्यसक्रममा अहिलेसम्म पूरा हुन नसेकेका सम्झौताहरूलाई अगाडि बढाउने सम्बन्धमा रहेका समस्या पहिचान गर्दै तदरुकताका साथ अगाडि बढाउने प्रयास भइरहेको छ । भारतले सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्रीस्तरीय भ्रमणमा जोड दिइरहेको कूटनीतिक स्रोतहरूले जनाएका छन् । जसले गर्दा छिट्टै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमण गर्ने सम्भावनासमेत रहेको बताइएको छ । श्रोत बुधबारखनलाईनबाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x