४ आश्विन २०८३, आईतवार

नेपाल -भारत सिमा जोग्बनीमा भव्यताका साथ पाँचौं अन्तर्राष्ट्रिय मिथिला महोत्सव सम्पन्न

एसीपी संवाददाता

१६ पुष २०७८, शुक्रबार ०१:१७ मा प्रकाशित

विराटनगरः नेपाल भारत सिमा जोग्बनीमा भव्यताका साथ पाँचौं अन्तर्राष्ट्रिय मिथिला महोत्सव सम्पन्न सह विद्यापति स्मृति पर्व समारोह सम्पन्न भएको छ ।
नेपाल भरात सिमासंग जोडिएको भारतको जोग्बनी स्थित इ्र्रन्द्रमा भारत नेपाल मैत्री समाजले आयोजना गरेको उक्त महोत्सव भव्यताका साथ सम्पन्न भएको कार्यक्रमको संयोजक माला मिश्रले जानकारी दिए । मैथिली र मिथिला संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष उक्त महोत्सव आयोजना हुने गरिएको मिश्रले जानकारी दिए  ।

बिहार सरकारको खेलकुद तथा संस्कृति मन्त्री आलोक रंजन तथा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख उपस्थितिमा आयोजित उक्त कार्यक्रममा नेपाल भारतका हजारौ मैथिलहरुले सहाभागिता जनाएका थिए ।

महोत्सवको अवसरमा बिहान महिला तथा बच्चाको सहभागितामा दुवै देश भ्रमण गर्दै कलश यात्रा निकालिएको थियो । उक्त यात्राले दुवै देश बिचको सम्बन्ध मजबुत हुने आयोजकले विश्वास गरेको थियो ।

कार्यक्रममा सहभागी हुन पुगेका कला, संस्कृति तथा खेलकुदमन्त्री आलोक रञ्जनले जय मिथिलाबाट सम्बोधन सुरु गरेका थिए । उनले नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध रहेको बताए ।
उनले सीमांकनपछि मिथिला दुई देशमा बाँडिए पनि सांस्कृतिक रूपमा मिथिलाको संस्कृति यहाँका जनताको जीवनस्तर उस्तै रहेको बताए । उनले आज यस कार्यक्रम मार्फत नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झासँग भेटघाट गर्ने सुअवसर पाएकोमा खुशी व्यक्त गरे ।
सोही कार्यक्रमको संयोजक माला मिश्रलाई कृतज्ञता ब्यक्त गर्दै उनले संयोजकको अथक प्रयासले आजको कार्यक्रममा महिला शक्तिको उपस्थिति धेरै भएको देख्दा खुसी लागेको बताए । विद्यापतिको स्मरण गर्दै उनले आफ्नो भाषाभन्दा मीठो अरु केही हुन नसक्ने र हाम्रो भाषा मैथिली भएकोमा हामी धेरै भाग्यमानी भएको बताए ।
साथै उनले स्व.अटल बिहारी वाजपेयीले मैथिली भाषालाई महत्व दिँदै आठौं अनुसूचीमा समावेश गरेका थिए, जसका लागि सम्पूर्ण मिथिलावासी उहाँप्रति सदैव ऋणी रहने बताए ।

सो अवसरमा नेपालबाट आएका पूर्वउपराष्ट्रपति परमानन्द झाले यस्तो कार्यक्रमले नेपाल–भारत सम्बन्ध थप प्रगाढ हुने बताए । आपसी संवादबाट धेरै समस्याहरू समाधान गर्न सकिन्छ ।

समाजमा उत्कृष्ट कार्य गर्ने एक दर्जनभन्दा बढी व्यक्तिलाई सम्मान गरिएको थियो

फणीश्वरनाथ रेणु स्मृति सम्मानसहित नेपालबाट आएका वरिष्ठ साहित्यकार धर्मेन्द्र झा, सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै जनकपुरबाट आएका इन्जिनियर भगवान झालाई अंगवस्त्र, माला र पागले सम्मान गरिएको थियो ।
कार्यक्रममा बिहार रानीगञ्जका विधायक अच्मत ऋषिदेव, मोरङ जिल्लाका नेता राजकुमार यादव, समाजसेवी राजेश गुप्ता, विराटनगरका मेयर भीम पराजुली, गायक सुमित खड्का, भारतिय जनता पार्टी जिल्ला अध्यक्ष सन्तोष सुराणा, सुपौल भाजपा नेता मनोज पाठक, पूर्व प्रधानाध्यापक इन्द्रेणीलगायतको उपस्थिति रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x