१३ असार २०८३, शनिबार

नेपाल-भारतबीच ठोरीको विवाद समाधान

एसीपी संवाददाता

१५ माघ २०७७, बिहीबार ०९:२१ मा प्रकाशित

नेपाल-भारतबीच ठोरीको विवाद समाधान श्रोत जानकारी दिएको छ अहिले नेपाल् भारत सिमा नाकामा एसएसबिले आफ्नो सुरक्षा सतर्कता अपनाउन बाध्य भैइ कोरोना महामारीबाट बचाउन सबै सुझाव दिएको हो । केही दिन बाट पर्साको ठोरीमा कोभिड-१९ पोर्टकल पालना नगरेको भन्दै पैदल यात्रुलाई भारतीय सीमा क्षेत्रमा प्रवेशमा रोक लगाएपछि स्थानीय र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच जनवरी २१ मा झडप भएको थियो ।

उक्त झडपपछि नेपालका स्थानीयहरुले विरोध प्रदर्शन गरेका थिए । सीमा क्षेत्रमा खटिएका एसएसबीले नेपालीहरुलाई कोभिड-१९ प्रोटोकलको पालना गर्न आग्रह गरेका थिए ।

यससँगै भारतीय पक्षले स्थानीय नेपालीहरुलाई निर्धारित मार्गमात्रै प्रयोग गर्नसमेत आग्रह गरेको थियो । तर, स्थानीय नेपालीहरुले भने भारतीय पक्षले अवरोध सिर्जना गरेको भन्दै विरोध प्रदर्शन गरेको थियो ।

नेपालको सीमा क्षेत्रको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल, स्थानीय र एसएसबीबीचको वार्तापछि समस्या समाधान भएको बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x