२० श्रावण २०८३, बुधबार

नेपालगञ्जमा उल्लासपूर्वक मनाइयो ३ शाबान यौमे विलादत मौला इमाम हुसैन (अ.स)

एसीपी संवाददाता

२१ माघ २०८१, सोमबार २२:२८ मा प्रकाशित

नेपालगञ्ज, ३ शाबान – पवित्र महिनाको अवसरमा मोला इमाम हुसैन (अ.स) को जन्मोत्सव नेपालगञ्जमा धूमधामका साथ मनाइयो। यस अवसरमा विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना गरिए।

नेपालगञ्जको केन्द्रिय कर्बला तथा मोहर्रम व्यवस्थापन समितीका अध्यक्ष फिरोज वारसी र सद्काए पंजतन पाक समिति नेपालगञ्ज तथा धमबोजी मोहर्रम कमिटी अध्यक्ष मेराज हिमालयाको उपस्थितिमा विशेष कार्यक्रम सम्पन्न भयो। इस्हाक सिद्दिकी, बाबु नेता हलवाई, सोनु हलवाई, चाँद खाँ हलवाई, पप्पु सलमानि, सैयद नेपाली फिरोज वारसी लगायतका व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।

यस अवसरमा एकलैनीमा चरागा बालिएको थियो भने अजिमुस्सान मिलादे हुसैन आयोजना गरियो। साथै, खिचडा तयार पारेर आम जनतामा वितरण गरियो। नेपालगञ्जकै गणेशपुर स्थित मदिना मस्जिद नजिक हाजी भोला चौकमा लंगर-ए-हुसैन (भोजन वितरण) गरिएको थियो।

त्यसैगरी, सम्पूर्ण घरहरूमा नयाँ झण्डा फहराएर उल्लासमय वातावरणमा यौमे विलादत इमाम हुसैन (अ.स) मनाइएको थियो।

यो धार्मिक अवसरले समस्त मुस्लिम समुदायलाई एकताबद्ध गर्दै इमाम हुसैन (अ.स) को शिक्षालाई आत्मसात गर्ने प्रेरणा दिएको थियो।

4 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x