३२ असार २०८३, बिहीबार

नेपालमा पनि ६ हजार भन्दा बढी कोरोना सन्क्रामित

एसीपी संवाददाता

६ असार २०८२, शुक्रबार १९:२६ मा प्रकाशित

भारतमा कोभिडका सङ्क्रमित व्यक्ति फेला पर्ने क्रम बढ्न थालेपछि यहाँस्थित नेपाल–भारत नाकामा आवागमन गर्नेमाथि निगरानी बढाउनुका साथै कोरोना परीक्षणसमेत तीव्र पारिएको छ । भारतमा ६ हजारभन्दा बढी कोरोनाका सक्रिय बिरामी फेला परेको जानकारी सञ्चार माध्यममा आएपछि नेपाल–भारत सिमानाको जमुनाहा नाकामा नेपाल भित्रिनेको नमुना परीक्षण तीव्र पारिएकोमा हालसम्म दुई जनामा कोरोनाका सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले एन्टिजेन परीक्षणमा बर्दिया र कालीकोटका एक–एक जनामा कोभिड देखिएको जनाउँदै भारतबाट आउनेको निगरानी सुरु गरिएको बताए । नाकाबाट भित्रिने सबैको परीक्षण नभए पनि बिरामी देखिएकाको परीक्षण सुरु गरिएको र सो क्रममा दुई जनामा सङ्क्रमण भेटिएकोले सम्बन्धित स्थानीय तहसँग समन्वय गरी पठाइएको सूचना अधिकारी श्रेष्ठले बताए। नेपाल–भारत नाकामा एन्टिजेन किटको अभावका कारण लक्षण देखिएका वा बिरामी भएकाको मात्रै परीक्षण गर्न थालिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक रोशनलाल चौधरीलगायतले नेपाल–भारत सिमानाको जमुनाह हेल्थ डेस्कमा पुगेर नाकाको अनुगमन गर्दै उच्च सतर्कता अपनाउन स्वास्थ्यकर्मीसँग छलफल गरेका छन  । सो अवसरमा स्वास्थ्य सचिव श्रेष्ठले रुपैडिहा नाकाबाट नेपाल भित्रिने यात्रीको स्वास्थ्य अवस्था जाँच गरी कोरोना भएका बिरामीलाई एकान्तबास र ती व्यक्तिको सम्पर्कमा आएकालाई निगरानीमा राखी रोग फैलिनबाट रोक्नुपर्ने बताए ।

भारतबाट कोरोनालगायतको सरुवा रोग भित्रिन सक्ने हुँदा सो रोक्न स्वास्थ्यकर्मीले कडा मेहनतका साथ काम गर्नुपर्ने बताए । सो अवसरमा निर्देशक चौधरीले भारतमा फैलिएको कुनै पनि रोग यात्राको क्रममा नेपाल भित्रिनबाट रोक्न हेल्थ डेस्कका स्वास्थ्यकर्मीको जिम्मेवारी हुने भएकोले तोकिएको जिम्मेवारी पूरा गर्न आग्रह गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x