१३ असार २०८३, शनिबार

नेपालमा पाँचौ दिन सम्म कोभिड १९ विरुद्धको खोप अभियान ८८ हजारभन्दा बढीलाई खोप

एसीपी संवाददाता

१८ माघ २०७७, आईतवार १४:०१ मा प्रकाशित

चीनको बुहानबाट शुरु भएको कोरोना महामारीको प्रकोपले बिश्व भरी तहलका मच्चाएको छ । तर यसै  बीच कोरोना भाईरस रोकथामका लागि  बिभिन्न देशले  कोरोना बिरुद्धको खोप बनाएर चीन जस्ता देशलाई समेत चकित पारेका छन् 

अहिले नेपालमा भारत सरकारले अनुदानमा दिएको सिरम कम्पनीले उत्पादन गरेको  कोभिड १९ विरुद्धको खोप नेपालमा अहिले खोप अभियान तिब्र रुपमा आगाडी बडि रहेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी सहित अग्रपंक्तिमा काम गर्ने ब्यक्तिहरुलाई खोप दिने अभियान जारी रहेको छ । नेपालमा पाँचौ दिन कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप अभियानको आइतबारसम्म देशभर ८८ हजारभन्दा बढीले खोप लगाएका छन् ।

यो पनि समाचार पढनुस ।

डब्ल्यूएचओको वैज्ञानिकको टोलीद्धारा चीनमा कोरोना भाइरसको उत्पत्तिको बारेमा ‘फिल्ड’जाँच सुरु

अभियानको दोस्रो दिन देशभरी २८ हजारभन्दा बढीले (कोभिड १९) विरुद्धको खोप लगाए

खोप सुरक्षित छ भन्ने सन्देश दिनका लागि हामीले खोप लगाएका छौं-मेसु. दास

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका १८५ खोप केन्द्रबाट कुल ८८ हजार ७ जना लक्षित समूहका व्यक्तिहरुले खोप लगाएको जानकारी दिएका हुन् । प्रदेश १ मा १२ हजार ७६३, प्रदेश २ मा ११ हजार ५७, वाग्मती प्रदेश मा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा ५ हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८७७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा प्राथमिकता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिहरु मध्ये स्वास्थ्यकर्मीहरुले काउन्सिल दर्ता, आधिकारिक परिचयपत्र र संस्थाबाट प्रमाणिकरण गरेको विवरणहरु र अन्य समूहको हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिस पत्रसहित सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी अबको पाँच दिनभित्र खोप सेवा लिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

माल्दिभ्सले पनि भारतको सेरम इस्टिच्युटमा बनाइएको कोभिशिल्ड खोप लगाउन अनुमति

नेपालमा भारत सरकारले कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड उत्पादन गरेको सिरम इन्स्टिच्युड अफ इन्डिया प्राइभेट लिमिटेडले वर्षौँदेखि देश–विदेशका बालबालिकाको जीवन बचाउने खोप विकास गर्दै आइरहेको कम्पनिको १० लाख डोज अनुदानमा दिएको हो । यो कम्पनीले सर्पको विष काट्ने खोप, डिप्थेरिया, टिटानस ९डिपिटी०, बिसिजी, दादुरा, रुबेला, रोटा भाइरस, हेपाटाइटिस ‘बी’लगायतको खोप उत्पादन गर्दै आएको छ । अहिले पछिल्लो समयमा आएर कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरी यसले भारत सरकारलाई प्रदान गर्न थालेको छ ।

अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका एक लाख भायल भारतले अनुदानमा दिएको छ । गत बिहीबार खोप काठमाडौं आइपुगेको थियो । एक भायलमा १० डोज खोप हुन्छ । विराटनगर, हेटौँडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरमा पठाइ खोप अभियान थालिएको हो । सरकारले पहिलो चरणमा कुल जनसंख्याको तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ । भारतबाट अनुदानमा १० लाख डोज खोप मात्रै आएको छ । एकजनालाई दुई डोज खोप लगाउनुपर्छ । १० देखि १५ प्रतिशत खोप खेर जान्छन् । यस हिसाबले करिब चार लाख नागरिकले मात्रै पहिलो चरणमा खोप पाउँछन् । तर, सरकारले खेर नजाने गरी चार लाख ३० हजार नागरिकलाई खोप दिने योजनामा छ ।

चीनको बिजिंग सहरमा कोरोना भाइरसको महामारी फेरी फैलिने खतरा,स्र्पी्रग फेस्टेबल नमनाउन आग्रह

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x