७ आश्विन २०८३, बुधबार

नेपाललाई हिन्दु राष्ट्र बनाउने घोषणा

एसीपी संवाददाता

१० जेष्ठ २०८०, बुधबार ०९:४२ मा प्रकाशित

पार्टीका पूर्व राष्ट्रिय अध्यक्ष एवं संरक्षक अनिल शर्माले कसैको इशारामा मुलुकलाई धर्मनिरपेक्ष बनाइएको भन्दै ठूला दल र तिनका नेताको चर्को आलोचना गरे । ‘नेपाल जसरी पनि हिन्दु राष्ट्र हुनुपर्छ, यसलाई सबै हिन्दुवादीले राष्ट्रिय एजेण्डा बनाएर अघि बढ्नुपर्छ’, उनले भने, ‘हाम्रो पार्टी स्थापनाको उद्देश्य नै हिन्दु राष्ट्र कायम गर्दै मुलुकको विकास र समृद्धिका लागि हो ।’ शर्माले आफूहरुको एजेण्ड लोकतान्त्रिक हिन्दु गणतन्त्र स्थापना नै भएको जनाउँदै यसका लागि आवश्यक परे संघर्ष गर्न तयार रहेको बताए । उनले अब पार्टीले बृहत् मोर्चा बनाएर अघि बढ्ने जनाए ।

पार्टीका राष्ट्रिय अध्यक्ष त्रिभुवननाथ पाठकले मुलुकमा अब हिन्दुत्वको शक्ति निर्माण गर्नुपर्ने बेला आएको बताए । उनले नेपाली जनताको चाहना हिन्दु राष्ट्र भए पनि जवरजस्ती ठूला दलका नेताहरुले धर्मनिरपेक्षता लादेको आरोप लगाए । जसरी पनि नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्छौं ।’ मुलुकलाई धर्मनिरपेक्ष घोषणा पछि महंगी, भ्रष्टाचार र कुशासनले जरो गाडेको उनले आरोप लगाए ।

आफ्नो पार्टीले अगुवाई गरेर अब छिट्टै हिन्दु राष्ट्र घोषणा अभियान सुरु गर्ने उनले जनाए । पाठकले गाउँगाउँमा गएर संगठन निमार्ण गरी अघि बढ्न नेताकार्यकर्तालाई निर्देशन दिए ।

भारत महाराष्ट्रका भारतीय जनता पार्टीका नेता नामदेव कदमले आफू शान्तिका प्रतीक बुद्धको देश, पशुपतिनाथ र माता जानकीको देशमा आउन पाउँदा आफूले गौरव महशुस गरेको जनाए । उनले हिन्दुहरुको बाहुल्य भएको नेपाल धार्मिक तथा ऐतिहासिक रुपले पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे । ‘विडम्बना तर नेपाललाई हिन्दु राष्ट्रबाट हटाएर धर्मनिरपेक्ष बनाइयो’, उनले भने, ‘सारा विश्वले नेपाललाई हिन्दु राष्ट्र भनेर चिन्छ, पुरै विश्वमै नेपाल मात्रै एकमात्र हिन्दु राष्ट्र हो भन्छ । हाम्रो पनि चाहना नेपाल हिन्दु राष्ट्र होस् भन्ने हो ।’ उनले नेपाल–भारत सम्बन्ध रोटीबेटीको भएको जनाउँदै यो सम्बन्ध सदिऔंसम्म रहने विश्वास व्यक्त गरे । नेपालको विकास र समृद्धिका लागि भारत सरकार र आफ्नो पार्टीले सधै हातेमालो गर्ने उनको भनाई छ ।

नेजपाका केन्द्रिय सदस्य वीरेन्द्रकुमार जैसवालले गत स्थानीय तह निर्वाचनमा पार्टी केही वडाहरुमा जित निकाल्न सफल भएको बताउँदै आउँदो निर्वाचनका पालिका, प्रदेश र प्रतिनिधिसभा सदस्य जित्नका लागि अहिलेबाटै संगठन निर्माणमा लाग्नुपर्ने बताए।

भारतका हिन्दुत्ववादी नेता नरसिंह पाण्डेले नेपाल हिन्दु राष्ट्र भएको हेर्न आफूहरुको चाहना भएको बताए । लोकतान्त्रिक समाजवादी पार्टीका नेता रविदत्त मिश्रा, जनमत पार्टीका नेता अर्जुन जैसवाल लगायतले बोल्दै मधेशको अधिकार प्राप्तिका लागि सबै एक ठाउँ उभिनुपर्ने बताए । महाधिवेशनको अवसरमा विभिन्न पार्टी परित्याग गरी सयौंजना नेजपा प्रवेश गरेका थिए । सिद्धार्थअनलाइन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x