६ मंसिर २०८१, बिहीबार

नेपाली महिला यू-१९ टी-२० विश्वकपका लागि छनोट

एसीपी संवाददाता

२९ कार्तिक २०८१, बिहीबार ०७:४२ मा प्रकाशित

काठमाडौँ : नेपाल यूएईलाई पराजित गर्दै आईसीसी महिला यू-१९ टी-२० विश्वकपका लागि छनोट भएको छ।

आईसीसी महिला यू-१९ टी-२० विश्वकप एशिया छनोटको आज भएको अन्तिम खेलमा यूएईले जितका लागि दिएको ८४ रनको लक्ष्य १४ ओभर ४ बलमा २ विकेटमात्र गुमाएर पूरा गर्दै एशियाबाट विश्वकपमा छनोट भएको हो।

नेपाल घरेलु यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा छानिन सफल भएको हो। आईसीसी महिला टी-२० विश्वकप अर्को वर्ष मलेशियामा हुँदै छ।

ओपनर साना प्रविनले ४२ बलमा १ चौका प्रहार गर्दै अविजित ३५ रन बनाइन्। उनले विजयी चौका प्रहार गरिन्। नेपाली टोलीकी उपकप्तान सोनी पाख्रिनले २० बलको सामना गरेर अविजित १३ रन बनाइन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x