नेविसंघ कंञ्चनपुर द्धारा विरोध प्रदर्शन

नेपाल विद्यार्थी संघ कंञ्चनपुरले विरोध प्रदर्शन गरेको छ । सिमा विवाद लगायत डा.गोबिन्द केसीको अनसनको समर्थन गर्नुको साथ हालसालै बझाङ्गमा १२ वर्षिय बालिकालाई बलात्कार पछि हत्या भएकोमा हत्यारालाई कडा भन्दा कडा कारवाही गर्नु पर्ने र अहिले देशमा भैरहेको मृल्य वृद्धि र भष्ट्रचारको विरोधमा विद्यार्थी संघ र विपी कोइराला युवा नेतृत्व विकास मञ्चले कञ्चनपुरको मदनचोकमा विरोध प्रर्दशन गरेका छन् ।

यो पनि पढ्नुस / नेपाल-चीनबीचको १३ नम्बर सीमास्तम्भ निरीक्षण गर्न नेपाली टोली सीमा क्षेत्रमा
यो पनि पढ्नुस / कारवाहीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन
यो पनि पढ्नुस / डा.केसीको समर्थनमा प्रदर्शन गर्ने युवा,प्रहरीको नियन्त्रणमा
हुम्लाको लाम्चामा चिनले नेपाली भु–भाग मिचेको भन्दै विद्यार्थी संघले नेपाली भू–भाग फिर्ता गर्नुको साथै पुरानो सन्धी कार्यान्वयन गर्नु पर्ने, डा.केसीले गरीब असाहयको पक्षमा आन्दोलन गरिरहेकोले उनको माग सरकारले पुरा गर्नु पर्ने, बाख्रा चराउन गएकी १२ वर्षीय सम्झाना वि.कलाई बलात्कार गरी हत्या गर्ने हत्यारालाई कडा भन्दा कडा कारवाही गर्नु पर्ने, अहिले बढ्दै गएको पेट्रोलियम पदार्थमा मुल्यवृद्धि, महङ्गी, भष्ट्राचार लाई सरकारले नियन्त्रण गरी जनतालाई राहत दिनु पर्ने मागहरु राखी आफुहरु शान्तिपुण प्रदर्शनमा उत्रिएको नेविसंघ उपाध्यक्ष तथा विपि कोइराला युवा नेतृत्व विकास मञ्चका संयोजक इ्र्रन्द्र साउँदले बताए । श्रोत – सुदुरदर्पण



