१४ मंसिर २०८३, आईतवार

पत्रकारितामा अराजकहरुको निद्रा हराम

एसीपी संवाददाता

१९ फाल्गुन २०७८, बिहीबार ०३:१३ मा प्रकाशित

काठमाडौं । सही ठाउँमा सही नेतृत्व पर्यो भने परिणाम उपलब्धिमूलक हुन्छ भन्ने उदाहरण बनेको छ प्रेस काउन्सिल नेपाल । सञ्चार क्षेत्रको अनुगमन, नियमन र निगरानी गर्दै आएको काउन्सिलमा विरलैमात्र पत्रकार नेतृत्वमा पुगेका छन् ।

त्यसमाथि नेपालकै स्थापित कान्तिपुर दैनिकबाट काउन्सिलमा कोही पत्रकार नेतृत्वमा पुगेका थिएनन् । त्यसमा क्रमभंगता गरेर बस्नेत २५ वर्षे पत्रकारिता करियरबाट काउन्सिलको अध्यक्ष चुनिए । ८ महिनाअघि अध्यक्ष चुनिएका बस्नेतले यो ८ महिनामा अविश्वसनीय तर अपेक्षित काम गरेका छन् ।

आफू पत्रकार भएर नै होला उनले श्रमजीवी पत्रकारका समस्यादेखि पत्रकारितामा अराकताका कारण पाठकले भोग्नुपरेको समस्याबारे पनि जानकार थिए । त्यसैले नेतृत्वमा आएपछि उनले अरुजस्तै कार्यकाल पकाएर रिटायर्ड हुने भन्दा बढी एक एक दिनको हिसाब गरेर सुधारका काममा सक्रिय भए ।

एकातिर उनी सञ्चार क्षेत्रको सुदृढीकरण क्षमता अभिवृद्धिमा लागे भने अर्कोतिर नियमनमा पनि कडाईं गरे । पत्रकारितामा अराजकहरुको निद्रा हराम हुनेगरी उनले एक्सन लिए । उनको सक्रियताले धर्मराएको प्रेस काउन्सिल एकाएक जागरुक बन्यो ।

बस्नेतको नेतृत्वमा पत्रपत्रिका, अनलाइन, रेडियो, टेलिभिजनमा प्रकासन/प्रसारण हुने समाचारका विषयमा पर्ने उजुरी तत्काल सुनुवाई गर्ने, मिडिया अनुगमन गर्ने, जिल्ला-जिल्लामा आचारसंहिता जागरण कार्यक्रम गर्ने, नयाँ निर्देशिकाहरू बनाई पालना गर्न लगाउने जस्ता काममा सिंगो काउन्सिलको टोली जुटेको छ ।

युट्युव, फेसबुकजस्ता सामाजिक सञ्जाल व्यवस्थापनका लागि सम्बद्ध निकायहरूसँग सहकार्य गर्ने, अनलाइन सञ्चारमाध्यमलाई वर्गीकरण गर्नेसम्मको कामलाई काउन्सिलले तीव्र ढंगले बढाएको छ । देशैभरीका पत्रपत्रिकाको वर्गीकरणको काम विभिन्न कारणले तीन वर्षदेखि रोकिएको थियो । हरेक वर्ष वर्गीकरणको नतिजा सार्वजनिक गर्नुपर्नेमा रोकिँदा काउन्सिलप्रति पत्रकारहरूको गुनासो थियो ।

त्यसलाई पनि काउन्सिलले हालसालै टुङ्ग्याएको छ । कानुन व्यवसायसमेत पृष्ठभूमि भएका अध्यक्ष बालकृष्ण बस्नेतको नेतृत्वमा काउन्सिलका सदस्य र कर्मचारीले गरेका कामलाई मिडिया जगतले प्रशंसा गरेका छन् । नेपाली सञ्चारक्षेत्रको बृहत् विकासमा काउन्सिल यतिबेला चलायमान छ । स्वतन्त्र, अर्धन्यायिक र स्वायत्त निकायको रुपमा रहेको काउन्सिलमा बस्नेतको नेतृत्वले विना पूर्वाग्रह काम गरेको महसुससहित मिडिया र सामाजिक सञ्जालमा टिप्पणी हुने गरेको छ ।

प्रदेशमा मिडिया कानुन निर्माणमा पनि पत्रकारको हकहित र प्रेस स्वतन्त्रता सुनिश्चित हुनेगरी उनले पहल गरिरहेका छन् । सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश, वरिष्ठ अधिवक्ता र पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुऱ्याउने पत्रकारमध्येबाट काउन्सिलको अध्यक्ष नियुक्त गर्दै आए पनि ओली नेतृत्वको सरकारले ४३ वर्षका पत्रकार बस्नेतलाई काउन्सिल पठाएको थियो ।

दोलखा जिल्ला भीमेश्वर नगरपालिका स्थायी घर भएका बस्नेतले विक्रम सम्वत् २०५२ मा छलफल साप्ताहिकबाट पत्रकारिता सुरु गरेका हुन् । २०५७ सालदेखि कान्तिपुर पब्लिकेशनमा प्रवेश गरेर १९ वर्ष उनले कान्तिपुरमा बिताएका छन् । छलफलमा काम गर्दागर्दै आफैं प्रकाशक/सम्पादक भएर २०५४ मा ‘दोलखा टुडे’ मासिक पत्रिका चलाएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x