१४ मंसिर २०८३, आईतवार

पाकिस्तानी प्रधानमन्त्रीलाई ५० हजार जरिवाना

एसीपी संवाददाता

१० चैत्र २०७८, बिहीबार ०१:१० मा प्रकाशित

एजेन्सी  — पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै यहाँको निर्वाचन आयोगले ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । खैबर पख्तुनवामा स्थानीय सरकारको निर्वाचनको क्रममा उनले स्वातस्थित राजनीतिक र्‍यालीलाई सम्बोधन गरेका थिए ।

पाकिस्तानको निर्वाचन आयोगले मार्च १५ मा सार्वजनिक र्‍यालीलाई सम्बोधन गर्न स्वात क्षेत्र भ्रमण गर्नबाट रोक लगाएको थियो । तर प्रधानमन्त्रीले आयोगको निर्देशन बेवास्ता गर्दै त्यसको एक दिनपछि र्‍यालीलाई सम्बोधन गर्न स्वात पुगेका थिए ।

निर्वाचन आयोगको आचार संहिता अनुसार निर्वाचन भइरहँदा कुनै पनि सरकारी अधिकारीहरूले निर्वाचन क्षेत्र अवलोकन गर्न पाउँदैनन् । खैबर पख्तुनखवाको स्थानीय तहको दोस्रो चरणको निर्वाचन मार्च ३१ तारिखका लागि तोकिएको छ ।

आयोगले भने प्रधानमन्त्री खानले दुई पटकसम्म आचार संहिता उल्लंघन गरेको भन्दै सूचना जारी गरेको थियो । खैबर पख्तुनखवामा राजनीतिक प्रदर्शन गरेको भन्दै पछिल्लो पटक आयोगले मार्च २१ मा सूचना जारी गरेको थियो ।    प्रधानमन्त्री तथा योजना तथा विकास मन्त्री असद उमरले आयोगको उक्त सूचना विरुद्ध इस्लामावाद उच्च अदालतमा निवेदन दिएका थिए । अदालतले भने पारदर्शी निर्वाचनका लागि आचारसंहिता बनाउने अधिकार आयोगलाई रहेको भन्दै प्रधानमन्त्रीविरुद्ध कारबाही गर्न निर्वाचन आयोगलाई रोक लगाउन नसकिने फैसला गरिदिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x