३२ असार २०८३, बिहीबार

पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न माग गर्दै र्‍याली

एसीपी संवाददाता

८ चैत्र २०८१, शनिबार २१:०८ मा प्रकाशित

शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न माग गर्दै र्‍याली निकालेका छन्।

शनिबार काठमाडौंको सामाखुसीबाट नारायणहिटीसम्म ‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गर्न’ भन्दै जनदबाब स्वरुप र्‍याली निकालेका हुन्।

र्‍यालीका क्रममा राजावादीहरूले ‘नारायणहिही खाली गर’,‘हाम्रो राजा हाम्रो शान’, ‘राजसंस्था जिन्दावाद’, ‘राजा आउ देश बचाउ’ जस्ता नाराहरू पनि लगाएका थिए।

र्‍याली अघि बढ्ने क्रममा प्रहरीले पटक-पटक अवरोध गरेको थियो। यसअघि फागुन २५ गते पोखराबाट पूर्वराजा शाह फर्किँदा काठमाडौंमा भव्य स्वागत गरिएको थियो।

सोही दिनबाट हौसिएका राजवादीहरूले राजतन्त्र फर्काउने आन्दोलन गर्दै आइरहेका छन्। तर शनिबार काठमाडौंमा प्रदर्शन भइरहँदा पूर्वराजा भने गोरखा भ्रमणमा छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x