२ आश्विन २०८३, शुक्रबार

प्रदेश पाँचमा २ हजार ७ सय बढी नमुना जाँचको प्रक्रियामा

एसीपी संवाददाता

२४ भाद्र २०७७, बुधबार ०५:५५ मा प्रकाशित

प्रदेश पाँचमा २ हजार ७ सय बढी नमुना जाँचको प्रक्रियामा रहेका छन् । कोरोना रोकथाम तथा निदानका लागि विभिन्न स्थानमा सन्चालन गरिएका रियल टाइम पीसीआर प्रयोगशालामार्फत नमुना संकलन भइरहेको हो । ती प्रयोगशालामार्फत संकलन गरिएको नमुनामध्ये २ हजार ७ सय ६९ नमुना परीक्षणको प्रक्रियामा रहेको प्रदेश पाँचका सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा.पुष्पराज पौडेलले जानकारी दिनभयो । भेरी अस्पताल नेपालगन्जमा ५ सय ७५, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ३ सय ८५, लुम्विनी प्रादेशीक अस्पताल बुटवलमा ७ सय ४९ स्वाव परीक्षणको प्रतिक्षामा छन् । त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा २ सय २७ र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ८ सय २४ नमुना परीक्षणको प्रक्रियामा रहेको पनि सूचना अधिकारी डा.पौडेलले बताउनुभयो । प्रदेशमा एकलाख, एकहजार एकसय ९३ नमुना संकलन गरिएको मध्ये अहिलेसम्म ९८ हजार ४ सय २४ नमुनाको परीक्षण सम्पन्न भएको छ । त्यसमा ७ हजार ३ सय १२ नमुनाको रिपोर्ट पोजेटिभ आएको छ । पछिल्लो २४ घण्टामा ६१ पोजेटिभ केस थपिएसँगै प्रदेशभरी संक्रमितको संख्या ७ हजार ३ सय १२ पुगेको डा. पौडेलको भनाइ छ । यस्तै पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको हो । अर्घाखाँची र बाँकेका एक–एकजनाको मृत्यु भएको हो । प्रदेश पाँचमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या ५ हजार ५ सय पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x