३ आश्विन २०८३, शनिबार
प्रेस चौतारी बाकेमा दुर्गा रोक्काय
प्रेस चौतारी नेपाल बाँकेले नवौं जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।
बुधबार निबर्तमान अध्यक्ष हेमन्त बिकको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनबाट दुर्गा रोकायको संयोजकत्वमा सात पदाधिकारी गरि २७ जनाको सर्बसम्मत कार्यसमिती चयन भएको सचिव कमल डांगीले जानकारी दिए ।
उनका अनुसार उपाध्यक्षमा बिनोद भट्टराई र रेजिना मल्ल, सचिवमा कमल डांगी, सहसचिवमा देवेन्द्र पौडेल र भगतराम थारु र कोषाध्यक्षमा जियाउल मुस्ताफा चयन भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरूमा रबिन्द्रसिह ठकुरी, यदुराज मिश्र, दिपेश आचार्य, स्मृति देवकोटा, सोम गुरुङ, जयपति ढकाल, कृष्ण जिसि, गोपाल वली, सपना परियार, मोहमद शाहिद अलि (समीर), सर्जन आरसि, कृष्ण चौधरी, धना केसि, अजमत अलि, पृती पटेल, मनोज कौशल, रमेशचन्द्र कुमाल, मोहमद मोहसिन, जगेश्वर थारु, बिजय परियार चयन भएका छन् ।
Subscribe
Login
0 Comments


