४ आश्विन २०८३, आईतवार

फिल्म ‘फोन भूत’ मा पनि कैफ

एसीपी संवाददाता

२८ जेष्ठ २०७८, शुक्रबार ०३:२४ मा प्रकाशित

बलिउड अभिनेत्री कट्रीना कैफ अबको दिनमा रोहित शेट्टीको फिल्म ‘सुर्यवंशी’ र हरर कमेडी फिल्म ‘फोन भूत’ मा देखिने भएकी छिन् ।

बलिउडकी लोकप्रिय अभिनेत्री मध्येकी एक हुन् कट्रीना, बहु प्रतिभाका कारण उनी सबैको प्रिय छिन् अभिनेत्री बनेकी छिन् । ‘सुर्यवंशी’ र फोन भूतपछि कट्रीना अर्को एक ठुलो फिल्ममा ‘टाइगर ३’ को सुटिङ ब्यस्त हुने भएकी छिन् ।

Kumari Bank 300×290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance
उनी यो फिल्मको सुटिङका लागि निकै उत्सुक छिन् । किनभने यो फिल्म उनको मनको नजिक छ । ‘टाइगर जिन्दा है’ र ‘एक था टाइगर’ मा जस्तै यो फिल्ममा पनि उनका घातक एक्सनहरू रहनेछन् ।

फिल्मको सुटिङका लागि उनी कोरोनाको स्थिति सामान्य हुने पर्खाइमा छिन् । लकडाउन हट्ने बितिकै ‘टाइगर ३’ को सुटिङ गर्ने उनको योजना रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x