१३ असार २०८३, शनिबार

बर्दियाकी पूर्णिमा हमाल पहिलो हुन सफल

एसीपी संवाददाता

२७ भाद्र २०७७, शनिबार ०५:०० मा प्रकाशित

कृष्णसार एफएमको ‘आठौं नाचौं तीज प्रतियोगीता’को नतिजा घोषणा

कृष्णसार एफएम ९४ मेगाहर्जले महिलाहरुको महान पर्व तीजका अबसरमा आयोजना गरेको ‘नाचौं तीज डिजिटल प्रतियोगीता’को नतिजा आज घोषणा गरिएको छ ।
बांके र बर्दियाका विभिन्न स्थानमा अडिसनका साथ भव्य रुपमा विगत ८ वर्षदेखि आयोजना हुंदै आएको ‘नाचौं तीज प्रतियोगीता’ यस वर्ष डिजिटल संस्करणमा गरिएको हो । कोरोना भाईरसको बिषम परिस्थितिमा सजगता अपनाउंदै प्रविधिको उपयोग गरि आठौं संस्करणको ‘नाचौं तीज’ सम्पन्न गरेको इभेन्ट कोअर्डिनेटर कृष्ण अधिकारीले जानकारी दिनु भयो ।
कृष्णसार एफएमको आठौं ‘नाचौं तीज प्रतियोगीता’मा बर्दियाका पुर्णिमा हमाल पहिलो हुनु भएको छ भने बांकेका आशिका नेपाली दोस्रो, पूजा पुनमगर तेस्रो र एलिजा चौधरी सान्त्वना स्थान हासिल गर्न सफल हुनुभएको छ ।
प्रतियोगितामा बांके, बर्दिया लगायतका जिल्लाबाट २४ जनाले सहभागिता जनाएका थिए । प्रतियोगिताका बिजयीहरुलाई पहिलोबाट क्रमशः १५ हजार, १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने एफएमले जनाएको छ । विगतमा विभिन्न स्थानीय सरकार र प्रायोजकहरु संगको सहकार्यमा आयोजना हुने नाचौं तीजको यसपालीको संस्करण एफएमले अभाव र समस्याका विच पनि निरन्तरता दिन आफ्नै आन्तरिक स्रोतबाट आयोजना गरेको हो ।
डिजिटल संस्करणमा सहभागि मौलिक परम्परागत कला संस्कृति झल्किने करीब ३ मिनेटका नृत्य भिडियो कृष्णसार एफएमको फेसबुक पेजमा अपलोड गरिएको थियो । फेसवुक पेजमा भएको भ्यूज र लाईक्सको आधारमा नजिता घोषणा गरिएको हो ।
प्रतियोगी स्वयंमले छायाङ्कन गरेका तीज नृत्यका भिडियो मध्ये पहिलो हुने पूर्णिमा हमाललाई एक लाख ३१ हजार भ्यूज र २३ हजार लाईक्स पाएको थियो । यस्तै दोस्रो हुने आशिका नेपालीको भिडियोले एक लाख २३ हजार भ्यूज र ५ हजार ५ सय लाईक्स पाएको थियो । यसैगरी तेस्रो हुनेको २९ हजार लाईक्स र ७७ हजार भ्यूज तथा सान्त्वना हुनेको ४ हजार ९ सय लाईक्स र ५६ हजार भ्यूज आएको इभेन्ट कोअर्डिनेटर अधिकारीले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ram Prakash Mahato
Ram Prakash Mahato
5 years ago

Badhai

1
0
Would love your thoughts, please comment.x
()
x