२ आश्विन २०८३, शुक्रबार

बाँकेको डुडुवा गाउँपालिका बकौली गाउँमा आकर्षक मन्दिर

एसीपी संवाददाता

६ फाल्गुन २०७८, शुक्रबार २३:२२ मा प्रकाशित

बाँकेको डुडुवा गाउँपालिका वडा नंं ६ स्थित बकौली गाउँमा आकर्षक मन्दिर निमाणर् गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा श्री कृष्ण प्रणामी मन्दिर कुटेश्वरधामको भौतिक पुर्वाधार निमार्ण गरिएको हो ।

नवनिर्मित मन्दिरको एक समारोह बीच गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले उदघाटन गर्दै धार्मिक मठ मन्दिरले मानवको मनमष्तिकमा सकारात्मक ज्ञानको प्रभाव श्रवण हुने विश्वास व्यक्त गरेका छन । धार्मिक स्थलमा केही समय भएपनि मनलाई शान्ति बनाउने पवित्र स्थानमा भौतिक पुर्वाधारले मद्दत पुरयाएको बताउदै भक्तजन तथा साधुसन्तहरुलाई पुजापाठ, भजन किर्तन, प्रबचन तथा विभिन्न धार्मिक संस्कार गर्नका लागि अध्यक्ष चौधरीले उत्तम स्थान भएको बताए ।

उदघाटन समारोहमा श्री नवतनधाम काठमाण्डौका गान्धीपति १०८ श्री अमृतराज महाराज, श्रीकृष्ण प्रणामी मन्दिर कुटेश्वरधाम समितिका केन्द्रीय अध्यक्ष श्यामकृष्ण शर्मा, उपमहासचिव नगेन्द्र खडका, केन्द्रीय सदस्य गोपाल कृष्ण संजेल, भुपेन्द्र मान प्रधान लिलाराम भारती, गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्य लिलावति यादव, वडासदस्य नेतराम मौर्य लगायतको सहभागिता रहेको थियो ।

स्थानीय गंगासागर बर्मा र मालती प्रसाद बर्माले दान गर्नुभएको साढे तीन कठ्ठा जग्गामा सो मन्दिरको भौतिक पुर्वाधार निमार्ण गरिएको हो । गाउँपालिकाको रु ३९ लाखको लागतमा उक्त मन्दिरको निमार्ण गरिएको बुझिएको छ ।

यस्तै, उक्त मन्दिरको उदघाटन संगै श्रीमद भागवत ज्ञान महायज्ञ सप्ताह पनि शुरु भएको छ । महायज्ञमा भारत बृन्दाबनका जानवीं किशोरी प्रमुख कथा बाचन गर्नुहुनेछ भने अन्य पण्डित र सांस्कृतिक समुहको सहभागिता रहने जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x