४ आश्विन २०८३, आईतवार

बाँकेमा यात्रुवहाक सवारी साधन शुरु

एसीपी संवाददाता

१६ असार २०७८, बुधबार ०२:१६ मा प्रकाशित

बाँकेमा आजदेखि यात्रुवहाक सवारी साधन गुडेका छन् । दुई महिनापछि आजदेखि सार्वजनिक तथा निजी सवारी साधन संचालन गर्न दिने निर्णय बाँके प्रशासनले गरेपछि सडकमा यात्रुबहाक सवारी साधन गुडेका हुन् । जोर विजोर प्रणालीका आधारमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय भएपछि आज विजोर नम्बर भएका गाडी चलेका छन् । जोर अंक भएको दिनमा जोर नम्बर प्लेटका सार्वजनिक तथा निजी सवारी साधन र विजोर अंक भएको दिनमा विजोर नम्बर प्लेटका सार्वजनिक तथा निजी सवारी साधन चल्न पाउनेछन् ।

बाँके प्रशासनले कोरोना संक्रमण घट्दै गएपनि जोखिम कायमै रहेको भन्दै हाललाई जोर–विजोर नम्वर प्रणालीबाट सार्वजनिक तथा निजी सवारी साधनहरु चल्न दिने निर्णय गरेको थियो । सवारी साधनमा स्वास्थ्य सुरक्षाका मापदण्ड भने पूर्णरुपमा पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।

दोस्रो लहरको कोभिड–१९ को संक्रमण बढेपछि वैशाख १३ गतेदेखि बाँकेमा जारी निषेधाज्ञा खुकुलो बनाउँदै थप एक साता लम्ब्याएर असार २१ गतेसम्म पु¥याइएको छ । बाँकेमा पसल व्यवसाय सञ्चालनका लागि भने विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ । सरकारी कार्यालय, बैंक, वित्तिय संस्था भने यसअघि नै सञ्चालनमा आएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x