भारतका २५ वर्षीय अमानको कम्पनी मस्कले किने ६० अर्ब डलरमा
भारतीय मूलका युवा अमन साङ्गर अहिले विश्वभर चर्चामा छन्। उनी AI आधारित coding platform Cursor निर्माण गर्ने कम्पनी Anysphere का सहसंस्थापक हुन्।
साङ्गरले १४ वर्षको उमेरदेखि coding सिक्न सुरु गरेका थिए। पछि उनले अमेरिकाको प्रतिष्ठित MIT मा अध्ययन गरे। अध्ययनकै क्रममा उनले आफ्ना साथीहरूसँग मिलेर सन् २०२२ मा Anysphere स्थापना गरेका थिए।
Anysphere ले विकास गरेको Cursor ले AI को सहयोगमा software code लेख्न, सम्पादन गर्न, debugging गर्न तथा software development का विभिन्न कामलाई सहज बनाउने काम गर्छ। पछिल्लो समय Cursor विश्वभरका developer बीच लोकप्रिय बनेको छ।
एलन मस्कको नेतृत्वमा रहेको SpaceX ले Cursor को मूल कम्पनी Anysphere लाई ६० अर्ब अमेरिकी डलरमा अधिग्रहण गर्ने सम्झौता गरेको बताइएको छ। यो सम्झौतापछि कम्पनीका सहसंस्थापकहरूलाई ठूलो आर्थिक लाभ हुने भएको छ।
विभिन्न रिपोर्टअनुसार अमन साङ्गरको व्यक्तिगत सम्पत्ति करिब २.७ अर्ब अमेरिकी डलर पुग्न सक्ने अनुमान गरिएको छ।
सानै उमेरदेखि coding मा रुचि राखेका साङ्गरले केही वर्षमै स्थापना गरेको AI कम्पनीलाई अर्बौँ डलरको मूल्यसम्म पुर्याएका छन्। उनको यो सफलता अहिले विश्वभरका युवा प्रविधि उद्यमीका लागि चर्चाको विषय बनेको छ।
Source: Seto Pati


