२८ आश्विन २०८३, बुधबार

भारतको सहयोग २३ करोडको लागतमा सिन्धुपाल्चोकमा गुम्बा निर्माण हुने

एसीपी संवाददाता

१८ चैत्र २०७७, बुधबार ०४:५२ मा प्रकाशित

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेका सांस्कृतिक सम्पदा परियोजनाको पुनःस्थापना र पुनर्निर्माण कार्यका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा ठेकेदारहरूबीच तीनवटा ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौता अन्तर्गत रु. २३ करोडको लागतमा सिन्धुपाल्चोक जिल्लामा अवस्थित चिरी घ्याङ्ग गुम्बा, तार्के घ्याङ्ग गुम्बा र मेलाम्ची घ्याङ्ग गुम्बाको निर्माण हुन लागेको हो ।

मंगलबार भएको सम्झौता कार्यक्रममा पूर्वमन्त्री लार्केल लामा, प्रदेश सभाका सदस्य निमा लामा, भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका दोस्रो सचिव, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सांस्कृतिक परियोजनाका परियोजना निर्देशक, सम्बन्धित गुम्बाका अध्यक्ष, भारत सरकारको परियोजना परामर्शदाता तथा सरोकारवालाहरूको उपस्थिति थियो ।

भूकम्पले क्षति पु¥याएका २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण र पुनस्र्थापना गर्नका लागि भारत सरकार र नेपाल सरकारबीच सहमति कायम भएको विज्ञप्तिमा उल्लेख छ ।

यी तीन परियोजनाहरू पनि सोही २८ वटा सांस्कृतिक सम्पदा अन्तर्गत पर्दछन् । नेपालका आठ जिल्लामा भूकम्पले क्षति पु¥याएका सांस्कृतिक सम्पदा परियोजनाको संरक्षण, पुनस्र्थापना र पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । सोही प्रतिबद्धता अनुरुप यी परियोजनाहरूलाई अघि बढाइएको हो ।

सिन्धुपाल्चोक जिल्लामा बसोबास गर्ने शेर्पा र तामाङ्ग समुदाय विशेष गरी ह्योल्मो जातिका लागि यी तीनै गुम्बाले सिकाई केन्द्रको रुपमा काम गर्नुका साथै सिन्धुपाल्चोक क्षेत्रको पर्यटनलाई प्रर्वद्धन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x