१८ कार्तिक २०८३, मंगलवार

भेरी अस्पतालमा फोक्सो, श्वासप्रश्वास, क्रिटिकल केयर र निद्रा रोगको विशेषज्ञ सेवा सुरु

एसीपी संवाददाता

१८ कार्तिक २०८३, मंगलवार २२:०३ मा प्रकाशित

दिनेश ठाकुर नेपालगञ्ज, १७ कात्तिक — बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा फोक्सो तथा श्वासप्रश्वास रोग, सघन उपचार सेवा (क्रिटिकल केयर) र निद्रा रोगसम्बन्धी विशेषज्ञ सेवा सुरु भएको छ।

अस्पतालले २०८३ कात्तिक १७ गतेदेखि डा. रञ्जित पाण्डेमार्फत उक्त विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको हो। यससँगै फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्या, गम्भीर अवस्थाका बिरामीको सघन उपचार तथा निद्रासम्बन्धी विभिन्न समस्याको पहिचान, परीक्षण र उपचारका लागि बिरामीले भेरी अस्पतालबाटै विशेषज्ञ सेवा पाउने भएका छन्।

नयाँ विशेषज्ञ सेवाको उद्घाटन अस्पताल विकास समितिका अध्यक्ष डा. लक्ष्मण सिग्देल, अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नाल, प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. बद्री चापागाईं, प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे तथा नर्सिङ प्रमुख पदमा देवी देवकोटालगायतको संयुक्त टोलीले गरेको हो।अस्पतालका अनुसार उक्त सेवा ओपीडी कक्ष नम्बर ७ (ए) बाट प्रत्येक हप्ताको मंगलबार र बिहीबार उपलब्ध हुनेछ।

विशेषज्ञ सेवाको सुरुवातसँगै फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित, सघन उपचार आवश्यक पर्ने तथा निद्रासम्बन्धी समस्या भएका बिरामीलाई उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

भेरी अस्पतालले विशेषज्ञ स्वास्थ्य सेवाको विस्तारलाई प्राथमिकता दिँदै सर्वसाधारणलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x