११ जेष्ठ २०८३, सोमबार

काठमाडौंमा मंसिर ७ को आन्दोलन तयारी गरेका दुर्गा प्रसाईं पक्राउ

एसीपी संवाददाता

३ मंसिर २०८२, मंगलवार १०:५४ मा प्रकाशित

अब आन्दोलन रोक्न सरकारले कडा कदम उठाउन शुरु गरेको छ ।राती दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ हो ।  नागरिक बचाउ दलले निर्धारित कार्यक्रमभन्दा अघि नै देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको थियोे ।

अभियानले मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिसकेको थियो। यता दुर्गा प्रसाईं लाई पक्राउ गरेको पछि आन्दोलन आजै बाट शुरु हुने एक जना नेताले जानकारी दिनु भयो ।

गिरफ्तारीलाई लिएर आजैबाट आन्दोलन थालिने नेताहरुको भनाइ छ । अब मंसिर ७ गतेसम्म हुने आन्दोलन आज बाट शुरु हुने भने । हामी  पर्खन सक्दैनौ आज बाट  देशव्यापी संघर्ष सुरु हुनेछ ।  प्रहरीको टोली ले अपहरण शैलीमा हाम्रो नेता दुर्गा प्रसाईं लााा पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय सोमबार राति भक्तपुरस्थित प्रसाईंको निवासबाट उनलाई नियन्त्रणमा लिएको थियोे ।

यसअघि १५ चैतमा हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशमा रिहा भएका थिए। उनी विभिन्न लुुटपाट घटना र आगजनी , गराउने आरोप थियोे ।

राजावादी गतिविधिमा सक्रिय प्रसाईं बैंक ऋण मिनाहा लगायतका मागसहित ७ मंसिरदेखि आन्दोलनको तयारीमा थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x