१३ मंसिर २०८३, शनिबार

महाभियोगको प्रस्ताव संसदको गतिरोध हटाउनका लागि

एसीपी संवाददाता

२ फाल्गुन २०७८, सोमबार ०१:०३ मा प्रकाशित

काठमाण्डौ । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोगको प्रस्ताव संसदको गतिरोध हटाउनका लागि ल्याइएको बताएका छन् । उनले जनकपुरमा जनयुद्ध दिवसको कार्यक्रमपछि सञ्चारकर्मीको प्रश्नमा महाभियोगले गठबन्धन झन् बलियो हुने तर्क गरे ।

‘महाभियोग लगाएर गठबन्धन भ त्कने होइन बरु झन् बलियो हुन्छ,’ महाभियोगबारे सञ्चारकर्मीको प्रश्नमा उनले भने । उनले न्यायालयको बेथिती र गतिरोध अन्तका लागि गठबन्धनमा सहमति गरेर महाभियोग लगाइएको तर्क गरे । जनयुद्ध दिवसको कार्यक्रममा प्रचण्डले गठबन्धन भत्काउने षड्यन्त्र निरन्तर चलिरहेको बताए । ‘जेठ ५ देखि नै गठबन्धन तोड्ने षड्यन्त्र निरन्तर चलिरहेको छ,’ प्रचण्डले भने ।

१२ बुँदे समझदारी नरुचाएका, संविधान, लोकतान्त्रिक गणतन्त्र नरुचाएकाहरुले निरन्तर गठबन्धन तोड्ने षड्यन्त्र गरिरहेको बताए । अहिलेसम्म प्रतिक्रियाबादीको ष ड्य न्त्र चलिरहेको भन्दै निर्णायक लडाईं बाँकी नै रहेको बताए । उनले संविधानको रक्षामा जोड दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x