महिला हिसां बिरुद्ध न्यायको माग गर्दै नेपालगन्जबाट काठमाडौंका लागि पैदलयात्रा
२१ गते असोज २०७८ बिहिवार । महिला हिसां बिरुद्ध न्यायको माग गर्दै नेपालगन्जबाट काठमाडौंका लागि पैदलयात्रामा निस्किएको टोली बुधबार काठमाडौं पुगेको छ ।
त्यहाँ पुगे पश्चात अब राजधानीमा महिला हिसां बिरुद्ध कसरी अगाडी बढने, केन्द्रिय सरकारको ध्यानार्कषण कसरी गराउने, आफुहरु कसरी प्रस्तुत हुने लगायतको बिषयमा छलफल जारी रहेको अधिकारकर्मीले बताईन । महिला अधिकार मञ्चको केन्द्रिय कार्यालय संग उनीह्रु बीच अहिले छलफल भरहेको छ ।
उनीहरु बाँकेको नेपालगञ्जबाट कठोर यात्रा आरम्भ गरेका थिए । पैदलयात्राका क्रममा बिभिन्न खडकिला पार गर्दै २० औं दिन काठमाडौं पुगेको उक्त टोलीले जनाएको छ । महिला हिसां बिरुद्ध बाँकेमा भएका दुईवटा घटनाको सत्यतथ्य छानबिनको माग गर्दै असोज १ गतदेखि नेपालगञ्ज स्थित जिल्ला प्रशासन कार्यालयको गेट अगाडिबाट पिडित र अधिकारकर्मीहरुको टोली पैदलयात्रा शुरु गरेका थिए ।
उनीहरु १३ जनाको टोली न्यायको माग गर्दै नेपालगञ्जदेखि काठमाडौंसम्मको पैदल यात्रामा निस्किएको थियो । महिला अधिकारकर्मी रुबी खान अनुसार अब सिंहदरबार लगायका सरकारी कार्यालय अगाडी धर्ना दिने तयारी छ । उक्त टोलीले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा धर्ना दिने योजना रहेको अधिकारकर्मी खानले बताइन ।
यस अघि उनीहरुले बुटवलस्थित लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय समेत घराउ गरेका थिए । रुवि खान अनुसार गत साउन ६ गते बाँकेको जानकी गाउँपालिका २ स्थित नेवाजी गाउँकी नन्कुन्नी धोबीको रहस्यमय मृत्यु र नेपालगञ्ज उपमहानगरपालिका परस्पुरकी निर्मला कुर्मीको अज्ञात अवस्था बारे प्रहरीले खोजतलास र छानबिन नगरेको भन्दै आन्दोलन गर्दै आएका छन् । बाँकेको न्यायलयले आफुलाई न्याय दिलाउन निरास देखिएपछि कठोर यात्रा तय गरिएको खानले बताउदैँ आएकी छन ।


