२ आश्विन २०८३, शुक्रबार

लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ

एसीपी संवाददाता

११ फाल्गुन २०७८, बुधबार ०८:५० मा प्रकाशित

बाँके । बाँकेको नेपालगगञ्जबाट सरकराले प्रतिबन्ध लगाएको लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका-१६ चौलिका चोक नजिकैबाट बर्दिया बढैयाताल गाउँपालिका-९ शान्तिपुरका २४ वर्षीय प्रविण विसीलाई १५० ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी मधुसुदन न्यौपानेले जानकारी दिए ।

न्यौपाने अनुसार लागु औषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले शंकास्पद रहेका विसीलाई खानतलासी गर्दा उनको साथबाट तीन वटा प्लाष्टिकमा पोका पारेर राखिएको उक्त ब्राउनसुगर बरामद भएको हो ।

उनको साथबाट लागुऔषध सहित तीन हजार रुपैँया समेत फेला परेको प्रहरीले जनाएको छ ।

उनी एक वर्षदेखि लागु औषध सेवन तथा कारोवारमा संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x