६ मंसिर २०८१, बिहीबार

वैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पूरा, भोलि उद्घाटन ।

एसीपी संवाददाता

२१ कार्तिक २०८१, बुधबार २३:३५ मा प्रकाशित

वाचन शिरोमणी पं दीनबन्धु पोखरेलले गरे सबै समुदायलाई महोत्सवमा निमन्त्रणा ।

नेपालगञ्ज कार्तिक २१। बाँके जिल्लाकाे डुडुवा गाउँपालिका वडा नम्बर ५ सिधनियाघाटमा प्रस्तावित वैकुण्ठधाम सिधनियाघाटको प्रचारप्रसार तथा धाम निर्माणलाई सबैको संलग्नता प्रदान गर्न वाचन शिरोमणी पं दीनबन्धु पोखरेलको प्रमुख वाचनसहित उनको संगीतमय टोलीबाट कार्तिक ३० गतेसम्म नेपालगञ्जको रामलिला मैदानमा भागवत प्रवचन हुने भएकाे छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख वाचक पण्डित पोखरेलले पूर्विय दर्शनको बैज्ञानिक प्रमाणलाई आध्यात्मिक महोत्सव मार्फत प्रकाश पारिने बताए । उनले वैकुण्ठधामको परिकल्पना कुनै जाती, धर्म र सम्प्रदाय विशेषको नभएर सबै मानवजातीको भएको उल्लेख गर्दै पुण्यकार्यमा सबैको योगदान जरुरी रहने बताए ।

आफ्नो प्रवचनमा सबै धर्म, जात र सम्प्रदायको हितमा र समन्वयमा आधारित हुने जनाउँदै पण्डित पोखरेलले आध्यात्मिक महोत्सवमा मुस्लिम समुदायलाई पनि सहभागिताका लागि आमन्त्रण गरे ।

भोलि कार्तिक २२ गतेबाट ३० गतेसम्म सञ्चालन हुने वैकुण्ठधाम आध्यात्मिक महोत्सवलाई व्यवस्थित बनाउन सबै वर्ग, क्षेत्र, धर्म र समुदायलाई समेटेर २ हजार बढी सदस्य रहेको मूल समिति र त्यस अन्तर्गत रहनेगरि १ सय १० बढी उपसमिति गठन भएको छ । सम्पूर्ण समितिबाट महोत्सवका लागि आवश्यक सबै तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत आयाेजकले जानकारी गराएकाे छ ।

महोत्सवको पहिलो दिन २२ गते बिहान ११ बजे महोत्सवस्थल रामलिला मैदानबाट विभिन्न जाती, भाषा, धर्म र सम्प्रदायको झाँकीसहितको कलशयात्रा प्रराम्भ हुनेछ भने कलशयात्राको समापन संगै महोत्सवको उदघाटन गरिने छ ।

महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउन महोत्सवस्थललाई पूर्णरुपमा सिसि क्यामेरा जडान गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x