सत्याग्रहमा रहेका डा.गोविन्द केसीको अवस्था गम्भीर

स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै १५ दिन देखि सत्याग्रहमा रहेका प्रा.डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।
कुनै पनि समयमा आईसियूमा भर्ना गर्नुपर्ने हुनसक्ने त्रिवि शिक्षण अस्पतालका आईसियू प्रमुखले जानकारी दिनुभयो । ‘बेलाबेलामा मुटुको चालमा गडबडी भइरहेको छ,’

डा.गोबिन्द केसीको समर्थनमा शनिबार मणिग्राममा प्रदर्शन
स्वास्थ्य अवस्था हेर्दा आईसियुमा राखेर उपचार गर्नुपर्ने देखिसकेको छ।’ डा. केसीले उपचार गर्न मानिरहनुभएको छैन् । शरीरमा पोटासियमको स्तरमा आएको कमीले गर्दा डा केसीका मांसपेशी बाउँडिने, गल्ने, कमजोर हुनेलगायतका समस्या देखिएको आचार्यले बताउनुभयो ।
जुम्लाबाट १९ औं सत्याग्रह थालेका डा.केसी पाँच दिनअघि त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको थियो ।
डा केसीको उपचारको लागि अस्पतालले डा आचार्यको नेतृत्वमा मेडिकल टिमको व्यवस्थापन गरेको छ। टीममा रत्नमणि गजुरेल, डा रविन नेपाली, डा सविन थपलिया, नर्सिङ तर्फबाट डा लक्ष्मी केसीले रहनुभएको छ ।
डा.केसीको समर्थनमा माइतिघरमा प्रदर्शन
नेविसंघ द्वारा अनसनरत डा.गोविन्द केसीका मागमा ऐक्यवद्धता





[…] […]
[…] […]